यस्तो छ वर्षमै ५ बिमिलियन डलरको कारोबार गर्ने बेश्यावृत्तिका लागि बदनाम एउटा सहरको कथा

थाइल्याण्डमा एउटा यस्तो सहर छ, जुन मात्र सेक्स टुरिज्मका लागि परिचित छ। अझ भन्ने हो भने यो सहर बेश्यावृत्तिका लागि संसारभर बदनाम छ। ताजा तथ्याङ्ककाअनुसार थाइल्याण्डमा २८ लाखभन्दा बढी बेश्या छन् । जसमा अधिकांश यही सहरका हुन् । हरेक वर्ष यहाँ बेश्यावृत्तिबाट अर्थतन्त्रमा ५ बिलियन डलरको फाइदा हुने गर्दछ ।

–यहाँ २५ वर्षदेखि काम गरिरहेका एक व्यक्तिले बताएअनुसार पाटाया सहर सेक्स वर्करका साथसाथै अपराधको अखडा पनि बनिसकेको छ। संसारभरका कयौ देशका अपराधीहरुले यहाँ शरण लिएको र प्रहरीले उनीहरुलाई छुन पनि सक्दैनन् । वास्तवमा प्रहरी पनि यहाँ कुनै कारबाही गर्नबाट टाढै रहने गर्दछ । यस्तो अवस्थामा बेश्यावृत्तिको आडमा यहाँ अरुपनि कयौ गैरकानुनी धन्धा चलिरहेका छन् ।

बालबालिकालाई यो धन्धामा धकेल्दै

–पैसा कमाउने होडमा यहाँ मानिसहरु अब कुनै पनि हद पार गर्न तयार छन् । संसारभरबाट आउने पर्यटकको कुनै पनि माग यहाँ पूरा गरिन्छ । यस्तोमा यहाँ टिनएजर्सलाई पनि यो गलत धन्धामा धकेल्ने गरिन्छ । तथ्याङ्कअनुसार यो काममा ४० हजार भन्दा बढी बालिका पनि सामेल छन् ।

यहाँ मदिराका शौकिनहरुलाई मदिराका साथसाथै एस्कोर्ट सर्भिस पनि दिने गरिन्छ । बारमा डान्सर वा एस्कोर्टका साथ एक्लै समय बिताउनका लागि पहिला १३ पाउन्ड तिर्नुपर्ने हुन्छ । यसपछि एस्कोर्ट मन परेपछि अगाडिको डिल तय गर्ने गरिन्छ ।

बढ्दो बेश्यावृत्तिबाट थाइल्याण्डको छवि संसारभर खराब भइरहेको छ। यसबाट थाइ सरकार पनि चिन्तित छ। २०१६ मा पहिलो महिला टुरिज्म मिनिस्टर कोबकर्न डब्ल्युले भनेका थिए कि उनी थाइल्याण्डमा बेश्यावृत्ति बन्द गर्न चाहन्छिन् ताकि संसारमा देशको छवि राम्रो बनाउन सकियोस् ।यद्यपि अर्थतन्त्रमा भइरहेको फाइदा र मानिस बेरोजगार हुनेकुराले सरकार पछाडि हटिरहेको छ।एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..