एमाले अध्यक्ष ओली आज नियमितरूपमा स्वास्थ परिक्षणको लागि बैंकक जाँदै,

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्याण्डको बैंकक जाँदै हुनुहुन्छ ।उहाँ बुधबार मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट बैंकक जानुहुने भएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।उहाँका अनुसार अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा उपचार गराउनु हुनेछ ।

सचिव ज्ञवालीले ओलीका साथ धर्मपत्नी राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सकसमेत जानु हुनेछ । मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि उहाँ बैंकक जाने गर्नुभएको छ ।निर्वाचनको बेला दौडधुपका कारण ओलीको स्वास्थ्यमा परीक्षण गराउनुपर्दछ भनी चिकित्सकको सुझावअनुसार उहाँ बैंकक जानुहुने भएको हो

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..