अलौकिक बिरुवा (गज्जवको जोक)

एक जना फिरन्ता एउटा गाउँमा आइपुग्यो । त्यहाँ आइपुग्दा ऊ एकदमै अशक्त थियो । उसले दुई दिनदेखि केही खाएको थिएन । भोकले उसलाई एउटा चलाखीपूर्ण विचार प्रदान ग-यो ।

उसले त्यहाँका मान्छेहरुको कान–कानमा कानेखुसी गर्दै हिँड्यो, ‘मसँग एउटा अलौकिक बिरुवा छ जसले अन्तिम क्षणमा पुगिसकेको मान्छेलाई पनि बौराइदिन्छ । म त्यो गोप्य कुरा बाँड्न चाहन्छु ।’

एक जना धनी मान्छेले उसलाई झटपट बोलायो र भव्य खानेकुरा खुवायो । खाना खुवाइसकेपछि उसले त्यो अचम्मको बिरुवा देखाउने प्रतिज्ञा सम्झायो ।

‘मसित आउनोस्’ पाहुनाले भन्यो, ‘त्यो छिमेकमा छ।’

दुवै बाहिर निस्के सँगसँगै बडो गुपचुपका साथ

जब उनीहरु गाउँबाहिर आए, फिरन्ता रोकियो र धानखेततिर औंला देखाउँदै भन्यो, ‘उः त्यहाँ उम्रिरहेछ त्यो अलौकिक बिरुवा ।’

‘के रे ! धान ? तिमी ठट्टा गरिरहेका त होइनौ ?’

‘अवश्य होइन । मैले अघि तपाईको घरमा खाएको भात नखाएको भए अहिलेसम्ममा मरिसक्ने थिएँ ।’

र, त्यो बदमास फिरन्ता सुइँकुच्चा ठोक्यो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..