तपाईलाई थाहा छ, स्वास्थ्यका लागि टमाटरको आठ गुण ?

टमाटर निकै राम्रो आहार हो, किनभने यसलाई काँचै, पकाएर, सलादका साथ वा फेरि चटनी बनाएर पनि खान सकिन्छ । यदि तपाईलाई टमाटरको शुद्ध स्वाद मन पर्दैन भने तपाई टमाटरको विभिन्न प्रकारका लाभ लिन सक्नु हुन्छ । यहाँ प्रस्तुत छ टमाटर खाँदाका आठ फाइदाः–

ब्लड सुगरमाथि नियन्त्रण

टमाटरमा उच्च क्रोमियम तत्व हुन्छ, जसले ब्लड सुगर नियन्त्रण गर्न सहयोग गर्दछ । मधुमेहका विरामीका लागि टमाटर खाजाका रुपमा उत्तम विकल्प हो । जब सुगरको स्तर घट्छ तब विरामी उदास, सुस्त, चिडचिडा र भोको हुन्छ । यसक्रममा विरामीलाई केही पनि खाने मनस्थिति आउँदैन । निकै भोक लाग्नुअघि एउटा टमाटर खाँदा जे पायो त्यही खाने इच्छामाथि नियन्त्रण गर्न सकिन्छ ।

मुटुको साथी

टमाटरमा पाइने पोटैसियम र भिटामिन बीका कारण यसले राम्रोसँग मधुमेह नियन्त्रण गर्दछ । र, कोलेस्ट्रोलको स्तरलाई तल लान सहयोग गर्दछ र यसका साथै टमाटरले स्ट्रोक र हृदयघातको जोखिम पनि कम गर्दछ । स्वस्थ मुटुका लागि टमाटर एउटा शानदार भोजन हो ।

आँखाका लागि लाभदायी

टमाटर खानेहरुको आँखा स्वस्थ हुन्छ । किनभने टमाटरमा भिटामिन एको मात्र निकै हुन्छ । जसले दिन र रातमा राम्रोसँग देख्न सक्दछ । यदि तपाई चस्मा लगाउनु हुन्छ वा आगामी कयौ वर्षसम्म आफ्नो दृष्टि तेज राख्न चाहनु हुन्छ भने टमाटर यसमा सहयोगीसिद्ध हुनेछ ।

छाला र कपालका लागि

तपाईको छाला र कपालका लागि टमाटर लाभकारी हुन सक्छ । टमाटरमा लाइकोपेन हुन्छ, जसको प्रयोग अनुहार सफा गर्ने पदार्थमा प्रयोग गर्ने गरिन्छ ।टमाटरको बोक्रा निकालेर आफ्नो अनुहारमा १० मिनेटसम्म मास्कजसरी राख्दा फाइदा हुन्छ । कपालमा चमक बढाउनका लागि टमाटरलाई पिँधेर आफ्नो कपालमा लगाउँदा कपाल चमकदार हुने गदछ । टमाटर खाँदा कपाल जरादेखि नै बलियो हुने गर्दछ ।

क्यान्सरबाट बचाउ

क्यान्सरको रोकथामका लागि टमाटर निकै लाभकारी हुन सक्दछ । टमाटरमा उच्च लाइकोपिन तत्वले छाला र कपालका लागि मात्र फाइदा पुराउँदैन, बरु पेटको क्यान्सर र कोलोरेक्टल क्यान्सरको जोखिम पनि क मगर्दछ । साथै पुरुषमा प्रोस्टेट क्यान्सरका खतरा पनि कम गर्दछ ।

काँचो टमाटार लाभदायी

लाइकोपनका साथै टमाटरमा भिटामिन ए र सी हुन्छ, जुन एन्टीआक्सिडेन्ट्स हुन्छ । भिटामिन सीको फाइदा जुन काँचो टमाटरबाट प्राप्त हुन्छ, त्यो पकाएको टमाटारमा प्राप्त हुँदैन । टमाटरबाट बढी लाभ पाउनका लागि तपाईले काँचो र पकाएको टमाटरको मिश्रण सेवन गर्नु उपयोगी हुन्छ ।

बिउबाट टाढा

यसो भनिन्छ कि टमाटरले मृगौला र पित्त थैलीमा हुने पत्थरी कम गर्दछ । स्वास्थ्यको यो लडाईमा टमाटरको सबैभन्दा राम्रो उपयोग गरेर त्यसको बियाँबाट टाढा रहन सकिन्छ ।

बलियो हड्डी

टमाटरमा भिटामिनका साथै क्याल्सियम पनि भरपुर हुने गर्दछ । जसले हड्डी बलियो बनाउन सहयोग गर्दछ । चोटपछि क्याल्सियम र भिटामिनको अस्थिहरुको बलियो बनाउन सहयोग गदछ । यदि तपाई विरामी हुनुहुन्छ र तपाईको स्वास्थ्यमा सुधार भइरहेको छ भने टमाटरको सुप उत्कृष्ट परिकार हुन सक्छ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..