डा. केसी रिहा, सर्वोच्चकै प्रधानन्यायाधीशमाथि छानविन हुने

काठमाडौ । चिकित्सक डा. गोविन्द केसीलाई साधारण तारेकमा रिहा गरेको छ । अदालतको मानहानी मुद्धामा पक्राउ परेका डाक्टर केसीलाई न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले सामान्य तारेकमा रिहा गर्ने आदेश दिएको हो ।

आदेशमा “ बयानका क्रममा डाक्टर केसीले न्याय सम्पादन गर्ने न्यायाधीशहरुलाई म सम्मान गर्दछु, अदालतलाई घृणा हुने अभिव्यक्ति मैले दिएको छैन भनि बयान दिएको र स्वास्थ्य अवस्था सहितलाई विचार गदाए पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरि हाललाई विपक्षी डाक्टर गोविन्द केसीलाई मुलुकी ऐन अं.ब. ४७ बमोजिम निजको तर्फबाट बहसमा उपस्थित अधिवक्ता डा. सुरेन्द्र भण्डारीको जिम्मामा छोडी बाकी कारवाही गर्नु ”भन्ने उल्लेख छ ।

त्यसैगरी इजलासबाट “प्रधानन्यायाधीश गोपाल पराजुलीको नामको काठमाण्डौ जिल्ला प्रशासन कार्यालयबाट लिएका दुवै नागरिकताको प्रतिलिपि झिकाउनुको साथै न्याय परिषद्बाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपिहरु समेत झिकाउनु”भन्ने आदेश भएको छ । इजलासले प्राध्यापक डाक्टर शशी शर्मालाई त्रिवि शिक्षण अस्पतालको डिनमा नियुक्त गर्ने सम्बन्धमा पुस २३ गते भएको सर्वोच्चको फैसलाको मिसिल पनि झिकाउन आदेश दिएको छ ।

चिकित्सक डाक्टर केसीले सर्वोच्चको फैसला सकारात्मक भएको प्रतिक्रिया दिनुभएको छ ।

डाक्टर शशि शर्मालाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको डिन नियुक्त गर्ने सम्बन्धमा भएको आदेशका विषयमा डाक्टर केसीले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौड्यालले दायर गरेको मुद्धामा अदालतको मान हानि भएको ठहर गरी डाक्टर केसीलाई अदालत समक्ष हाजिर गराउनु भन्ने फैसला भएको थियो ।

सोही फैसला अनुसार डाक्टर केसीलाई प्रहरी सोमबार सांझ अनसनस्थलबाटै नियन्त्रणमा लिएको थियो । डाक्टर केसीलाई मंगलबार सर्वोच्चमा उपस्थित गराएर बयान लिईएको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..