सन्तान नजन्माएको भन्दै कुटपिट गर्ने श्रीमानसहित चारजना पक्राउ

कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिका ५ का १८ वर्षकी युवतीलाई विवाह गरेको २ वर्षसम्म पनि सन्तान नजन्माएको भन्दै कुटपिट गर्ने श्रीमानसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

२ वर्षसम्म सन्तान नजन्माउने, कुटपीट गर्ने उनका श्रीमान अली दमाई, ससूरा बिजे दमाई, देवर ऐन दमाई र जेठाजु पे्रम दमाईलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्लाको खाँडाचक्र नगरपालिका १ माइती घर भएका सरिता दमाईले आफूलाई परिवारले नै दैनिक बच्चा नजन्माएको र बोक्सी भन्दै कुटपिट गरेको भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी बिनोद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ गरिएका चारैजना विरुद्ध सामजिक भेदभाव तथा अन्य अपमानजन्य कसुर बोक्सीको आरोप अन्तर्गत मुद्दा दर्ता भएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..