विदेशी मिडियामा गोरखा जवानको खुकुरी डान्सको चर्चा

नेपाली युवाहरुलाई विश्वभर गोरखा जवानका रुपमा चिन्ने गरिन्छ । गोरखा जवानका रुपमा नेपाली युवाले प्रदर्शन गरेका अदम्य साहसको अनेकौ किस्सा छन् । तर, उनीहरुको भावुक र कलाप्रेमी हृदयका बारेमा कमैलाई थाहा छ । यहाँ जर्मनको वेभसाइट डीडब्लु डट कमले एउटा कथा प्रस्तुत गरेको छ।

आँखा अगाडि जिम्मेवारी, काँधमा बन्दुक, कम्मरमा खुकुरी तर मनभरि घरको याद, भारत र बेलायती सेनामा कार्यरत हजारौ गोरखा जवानको जिन्दगी यसरी नै चल्छ । जब शान्ति हुन्छ तब गोरखा जवान आफूलाई मस्त राख्छन् । रेडियो वा मोबाइलमा उनीहरु नेपाली गीत सुन्छन् । अधिकांश गीत पैसा कमाउन परदेश आएका युवकका पछाडि छुटेका आमाबाबु, श्रीमती र सन्तानको यादसँग सम्बन्धित हुन्छन्।

उच्च पहाडी इलाकाबाट आउने यी युवाहरुको व्यक्तित्वमा एक प्रकारको सरलता हुन्छ । खुसी रहनका लागि उनीहरुलाई धेरै बढी साधन चाहिँदैन । साँझ खानपिनपछि उनीहरु लोकगीत गुनगुनाउँछन्, र नृत्य पनि गर्न लाग्दछन् । नेपालसँग जोडिएको भारतको पहाडी इलाकामा पनि यही परम्परा देखिन्छ ।

खुकुरी गोरखाली युवाको पहिचान हो । जब नृत्यको कुरा आउँछ तब कुखुरी त्यहाँ पनि हुन्छ । गोरखाली युवाको कुखुरी डान्स निकै प्रसिद्ध छ ।

यो भिडियो २६ जनवरीको परेडको तयारीसँग सम्बन्धित छ । बिहानको रिहर्सलपछि सबै जवान थोरै मनोरञ्जनका लागि जम्मा भएका छन् । उनीहरुका सामु एक जना गोरखा जवान छन् जो निकै शालिनताका साथ नेपाली गीतमा खुकुरी डान्स गरिरहेका छन् ।डीडब्लु डट कमबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..