नेपालमा एक्सन गर्न सक्ने कलाकार नै छैनन् :द्वन्द निर्देशक हिमाल के.सि

केही बर्ष अघिसम्म नेपाली फिल्ममा नायक नायिकाहरुको एक्सन हेर्नकै लागि सिनेमा हलमा दर्शकहरुको भीड लाग्ने गर्दथ्यो । तर पछिल्ले समय न एक्सन फिल्म बन्छ न एक्सन गर्न सक्ने कलाकारहरुनै छन् । एक्सन सिकाउने गुरुहरुनै सेलाईरहेका छन् नेपाली चलचित्र क्षेत्रमा । यहि बीचमा नेपालका तेश्रो पुस्ताका द्धन्द्ध निर्देशक हिमाल केसीले चलचित्र निर्देशन गरेका छन् पीजडा ब्याक अगेन उनको यो दोश्रो निर्देशन हो । माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको पीजडा ब्याक अगेन फिल्मकै सेरोफेरोमा निर्देशक हिमाल केसीस“ग गरीएको कुराकानी ।

१ .द्धन्द्ध निर्देशनबाट निर्देशक बन्नु भयो प्रमोशन भएको हो ?

प्रमोशन भन्दा नी काम त फिल्मकै हो ,अहिले सम्म १ सय बढी फिल्महरुमा काम गरीसके ,अहिले एक्सन फिल्महरुको मार्केट खासै छैन ।त्यसैले समय अनुसार आफु पनि सेफ साईडमा रहनको लागि फिल्म निर्देशन गर्ेको हो ,अब बर्षमा एउटा फिल्म लिएर आउछु दर्शक माझ ।

२. नेपालमा अब एक्सन फिल्मको ट्रेन्ड हराएको हो ?

हराएको छैन ,तर फील्मी मार्केटमा एक्सन गर्नसक्ने कलाकारहरुनै छैनन,चक्लेटी अनुहारभएका केही कलाकारहरुको फिल्मलाई रुचाउन थालीएको छ । अहिलेका कलाकारहरुको बडी स्ट्रक्चर ,देखी लुक्स एक्सन गर्नको लागि उचितनै छैन । न त कलाकार बन्छु भनेर आउनेहरु बडी फिट्नेस गराएरै आउंछन् अभाव छ एक्सन पात्रहरुको ।

३. पीजडा ब्याक अगेनमा एक्सन छ की छैन ?

हुन त म आफै द्धन्द्ध निर्देशक भएकोले फाईटै फाईट भएको फिलम बनाउनु पर्ने हो तर समयको माग अनुसार सामाजिक बिषयबस्तुमा पीजडा ब्यक अगेन बनेको छ । नायक निखिल उप्रेतीको डेब्यु फिल्म पीजडा जुन १९ बर्ष अघि बनेको त्यतिबेला नायक निखिलले ७ तला बाट हाम फालेको दृश्य अहिले पनि दर्शकहरुको माझमा ताजा रहेछ , खासमा अहिलेको पीजडा ब्याक अगेनमा यस्तो सिन राख्ने कुरा थिएन ,तर पीजडा ब्याक अगेन बनाउने भनेर हामीले शुरुवात गरेपछि जताततै फाईट र तला बाट हामफाल्ने कुराको चासो भएको देखियो ,अनि पीजडा ब्याक अगेनमा नायक निखिल उप्रेतिले ७ तलाबाट हाम फालेको सीन राखीएको छ ।

४ .एक्सन गर्न सक्ने कलाकार छैनन ईन्डष्ट्रीमा भन्नु भयो तर फाईट मास्टरहरुले नै नयापन दिन सकेनन भनीन्छ नी ?

हो कलाकारनै छैन अहिले जस्तो पहिलाको कुरा गर्ने हो भने नायक राजेश हमाल ,नीखील उप्रेती ,श्रीकृष्ण श्रेष्ठ , धीरेन शाक्य बीराज भट्ट ,सुशील क्ष्ँेत्री जस्ता कलाकारहरु थिए , हेर्नुस उनिहरु हेर्दा हिरोईज्म भएका पर्सानालीटी देखिन्थे ,एक्शन सिकेरे आफ्नो बडीस्ट्रक्चर मेन्टेन गर्ने डान्समा उत्तिकै पर्फेक्ट सबै कुरा छ नी तर त्यहि ईन्डष्ट्री हो हेर्नुस न अहिले चक्लेटी आनुहारहरु आईरहेका छन् , गितको सिन गर्नुपर्यो भने म्युजिक भीडीयो पाराले बनाउनुपर्छ न डान्स छ न एक्सन बिभिन्न तरीकाले कलाकारहरु आईरहेका छन् सबै समयको खेल हो । जस्तो पहिला हिरोईनहरु पनि उत्तिकै सक्रिय थिए एक्शनमा जस्तै बिपना थापा जल शाह ,रेखा थापाले त प्रुफ नै गरेर देखाउनु भयो । अब अहिले प्रीयंका कार्कीले अलि अलि चासो दीएको जस्तो लाग्छ ,अनि नया“मा आर्यान अधिकारीको एक्शनमा भविश्य देखिन्छ । फाईट मास्टरले ल्याउन खोजेको क्रियशन पात्रहरुले निभाउन सक्दैनन ।

५ .अब पीजडा ब्याक अगेन दर्शकले हेर्नैपर्ने कारणहरु भन्दीनसु न त ?

पीजडा ब्याक अगेन सामाजीक सिम्पल चलचित्र हो ,हेर्दा आ“खालाई शान्त् हुन्छ । मेरो ३० बर्षको फिल्म ईन्डष्ट्रीको अनुभव समेटीएको छ , नायक नीखिल उप्रेति र सारा श्रीपालीको केमेष्ट्री रहेको छ , सबै कुराले भरीपुर्ण चलचित्र हो पीजडा ब्याक अगेन ।

शारदा

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..