यशोदा फुड्सद्वारा ‘डबल धमाका बम्पर उपहार’ योजनाको प्रथम पुरस्कार विजेतालाई पुरस्कार प्रदान

काठमाडौ । तयारी चाउचाउ तथा स्न्याक्स उत्पादक यशोदा फुड्स रुपन्देहीले आफ्नो ‘डबल धमाका बम्पर उपहार’ योजना अन्तर्गत प्रथम पुरस्कार विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । भाग्यशाली विजेता श्री प्रदिप भट्टराईलाई प्रथम पुरस्कार स्वरुप सेलेरियो भीएक्सआई हस्तान्तरण गरी नगर परिक्रमा गराइएको थियो ।

यशोदा फुड्सको ‘डबल धमाका बम्पर उपहार’ योजना अन्तर्गत कम्पनीले विक्रेताहरुलाई प्रत्येक ५० कार्टुन चाउचाउको खरिदमा १ थान लक्की ड्र कुपन प्रदान गरेको थियो । सो कुपनहरु मार्फत विभिन्न उपहारहरु प्रदान गरेको थियो । यसअघि कम्पनीद्वारा काठमाडौंस्थित होटल सोल्टी क्राउन प्लाजामा “सम्बन्धहरुको रौनक” नामक एक भव्य डिलर मिट कार्यक्रम आयोजना गरी सो उपहार विजेताहरुको नाम घोषणा गरिएको थियो जहाँ सम्पूर्ण अधिकृत विक्रेताहरुको सहभागिता रहेको थियो ।

यस योजना अन्तर्गत कम्पनीले १ सय १ जनालाई रेफ्रिजेरेटर, ७ जनालाई प्रति व्यक्ति १० ग्राम सुन, ३ जनालाई प्रति व्यक्ति २० ग्राम सुन, १ थान महिन्द्रा गस्टो स्कुटर, १ थान बजाज एभेन्जर मोटरसाइकल र बम्पर धमाकामा मारुती सेलेरियो गाडी १ जना भाग्यशाली विक्रेतालाई लक्की ड्र मार्फत प्रदान गरेको हो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..