यस्तो रहेछ मदिरा पिउँदा र नपिउँदाका फाइदा र बेफाइदा

नयाँ वर्षका अवसरमा धेरै मानिसहरु आफ्नो स्वास्थ्यको ख्याल गर्ने सोच्छन् । धेरै त यस्ता पनि हुन्छन् जो सोच्छन् कि ‘अब बस, मदिरा छोडछु’। यसको सिधा फाइदा खल्तीका साथसाथै स्वास्थ्यमा पनि हुन्छ ।

बेलायतको सार्वजनिक स्वास्थ्य सेवा एनएचएसका अनुसार मदिरा घटाउँदा तपाईको आफ्नो शरीरमा यस्ता परिवर्तन देखिन थाल्नेछ ।

–बिहान उठ्दा निकै हल्का महशुस हुनेछ ।

–दिनमा कम थकान महशुस हुनेछ ।

–बढी नै चुस्त महशुस हुनेछ ।

–तौल घट्न थाल्नेछ वा तौल बढ्न बन्द हुनेछ ।

यो परिवर्तन तपाईमा तत्कालै महशुस हुन थाल्नेछ । यदि तपाई लगातार मदिरा घटाउँदै रहनु भयो भने वा छोडिनै दिनुभयो भने तपाईको शरीरमा लामो समयसम्म रहने यो चार परिवर्तन देखिनेछ ।

निद्रा राम्रोसँग लाग्नेछ

यद्यपि मदिरा पिएपछि निकै चाँडै निद्रा लाग्छ तर यो गहिरो निद्रा भने हुँदैन । सन् २०१३ मा विज्ञानको एउटा जर्नल ‘अल्कोहोलिज्म’ मा निद्रामा मदिराको असरसँग सम्बन्धित एउटा रिपोर्ट प्रकाशित भयो, जसमा भनिएको छ कि कुनै पनि मात्रामा मदिरा पिउँदा निद्रा आउँछ । पहिलो चरणमा गहिरो निद्रा पनि आउँछ तर दोस्रो चरणमा निद्रा पटकपटक टुट्ने गर्दछ । एनएचएसका अनुसार मदिरा सेवा घटाउँदा तपाई बिहान बढी तन्दुरुस्त महशुस गर्दै उठ्नुहुनेछ ।

रोगसँग लड्ने क्षमता वृद्धि

धेरै मदिरा पिउँदा रोगसँग लड्ने क्षमता घट्ने गर्दछ । जसबाट कयौ प्रकारका रोग लाग्ने सम्भावना बढ्छ । एनएचएसका अनुसार जसले धेरै मदिरा पिउने गरेको छ, उसमा संक्रामक रोगहरु चाँडै लाग्ने गर्दछ । यस्तो हुन्छ किनभने धेरै मदिरा सेवनले साइटोनिक बन्न बाधा पुराउँछ । साइटोनिक त्यो तत्व हो जुन शरीरलाई इन्फेक्सनसँग लड्ने क्षमता वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्दछ ।

अमेरिकाको नेशनल इन्स्टीच्युट अफ अल्कोहल एब्युज एण्ड अल्कोहोलिज्मको एउटा रिपोर्ट भन्छ कि मदिरा सेवन गरेको २४ घण्टापछिसम्म शरीरमा साइटोकिनको निर्माणमा सुस्त रहन्छ ।

फ्रेस मूड

एनएचएसका अनुसार मदिरा र डिप्रेसनको गहिरो सम्बन्ध छ । हैंगओभरबाट पनि मानिसको मुड अक्सर खराब हुन्छ र उनीहरुमा बेचैनी महशुस हुन्छ । यदि तपाई पहिलादेखि नै निराश वा दुःखी हुनुहुन्छ भने मदिराले यो भावनालाई झनै बढाउने गर्दछ । एनएचएसका अनुसार मदिराको मात्रा घटाउँदा तपाईको मूड फ्रेस रहन सक्छ ।

छाला राम्रो हुन्छ

धेरै मानिसहरुलाई मदिरा सेवन छोडेसँगै आफ्नो छालामा परिवर्तन देखिन थाल्छ । अमेरिकाको एसोसिएसन अफ डर्माटालजीका अनुसार मदिरा छालाका लागि राम्रो होइन । यसले छालालाई सुकाउने काम गर्दछ र विस्तारै बर्वाद गरिदिन्छ । जसका कारण मदिरा सेवन गर्ने मानिस उमेरभन्दा बुढो देखिन थाल्छ ।

कति मदिरा अर्थात धेरै बढी ?

बेलायतको सार्वजनिक स्वास्थ्य एजेन्सीका अनुसार एक सातामा कुनै पनि महिला वा पुरुषले १४ युनिटभन्दा बढी मरिदा सेवन गर्नु हुँदैन । बेलायत सरकारले दश मिलिमिटर अमिश्रित मदिरालाई एक युनिट मान्ने गर्दछ । यसको अर्थ यो हो कि बेलायतीहरुलाई सातामा बढीभन्दा बढी दश सानो गिलास वाइन पिउन सल्लाह दिने गरिन्छ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..