गायक सुबी राई र चर्चित गायिका मेलिना राईको “यो गाउँले कान्छोलाई‘..” सार्वजनिक (भिडियो सहित)

नेपाली कथानक चलचित्र “यो समाज” को “यो गाउँले कान्छालाई‘..”बोलको गीत गत आइतबार सार्वजनिक भएको छ ।

गीतमा नेपाली सांगितिक क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाइसकेका पूर्वेली गायक सुबी राई र चर्चित गायिका मेलिना राईको स्वर रहेको उक्त गीतमा गायक स्वयम् कै संगीत रहेको छ । लब्ली तुलसीको शब्द र चन्दु गोर्खालीको संगीत संयोजन रहेको यस फिल्मको निर्देशन भने नविन भुजेलले गर्नुभएको छ ।

नृत्य निर्देशक मनि कुमार राईको नृत्य रहेको उक्त गीतमा सञ्जोक र सरिनाको अभिनय रहेको छ।सञ्जिव धमला निर्माता रहेको यस फिल्मको सम्पादन तिलक रिजालले गर्नुभएको छ । चन्दु गोर्खालीको संगीत संयोजन रहेको छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..