यस्तो अवस्थामा युवती सडकमा निस्किएपछि मानिसहरु भए हेरेको हेरेकै

यस्तो अवस्थामा युवती सडकमा निस्किएपछि मानिसहरु भए हेरेको हेरेकै 1

लण्डनको सडकमा यस्तो दृष्य देखियो कि मानिसहरु हरेको हरेकै भए । यहाँ २३ वर्षकी एउटी मोडल जब सडकमा निस्किइन् तब उनको जिन्स चर्चाको विषय बन्यो । मोडलले यस्तो जिन्स लगाएकी थिइन् जुन घुँडाको केहीमाथिबाट काटिएको थियो र यसबाट इनरवियर एक्सपोज भइरहेको थियो ।

वास्तवमा बेलायतकी २३ वर्षीया मोडल एनाबेल मिजेल एउटा नयाँ प्रकारको जिन्स प्रमोट गरिरहेकी थिइन् । यो जिन्स Asos नामक कम्पनीले निकालेको हो । लण्डन ब्रिजदेखि कयौ बस स्टप र पब्ससम्म यी मोडलले यो जिन्स लगाएर यात्रा गरिन् । यो देखेर बटुवाहरुको रोचक प्रतिक्रिया देखियो । एनाबेलका अनुसार केहीले उनलाई पागलसम्म भन्न भ्याए ।

यस्तो अवस्थामा युवती सडकमा निस्किएपछि मानिसहरु भए हेरेको हेरेकै 2

एनाबेलले आफ्नो अनुभव बाँडदै भनेकी छन्–म आम दिनमा जस्तै आफ्नो कामका लागि निस्किएँ, म पहिला बस स्टपमा रोकिएँ र मानिसहरुले मलाई घुर्न सुरु गरे । त्यसपछि मैले एउटा ट्याक्सी रोक्न चाहेँ । मलाई अचम्म लाग्यो कि यसपटक यति चाँडै ट्याक्सी पाएँ । यद्यपि ट्याक्सी ड्राइभर मलाई निकै बेर घुरिरह्यो ।

यसपछि एनाबेल एउटा स्ट्रीट पब पुगिन्, त्यहाँ मानिसहरुले उनलाई यसरी घुरिरहेका थिए कि मानौ कुनै एलियन आएको छ । एनाबेलले भनिन्–सडकदेखि पबसम्मको यात्रा निकै रोचक रह्यो, केही मलाई देखेर हाँसिरहेका थिए त केही अनौठो तरिकाले घुरिरहेका थिए ।

यस्तो अवस्थामा युवती सडकमा निस्किएपछि मानिसहरु भए हेरेको हेरेकै 3

एनाबेलले एक जनाले उनीसँग तस्वीर लिने कोशिससम्म गरेको बताइन् । उनले भनिन्–उ म नजिक आएर उभियो र आफ्नो मोबाइलबाट फोटो लिने कोशिस गर्न लाग्यो । सामाजिक सञ्जालमा यो अनौठो काउब्वाय जिन्सको चर्चा चुलिएको छ। एजेन्सी

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..