‘नाई न भन्नु ल ४’को ‘चिया कफी’लाई करोड

चलचित्र ‘नाई न भन्नु ल ४ ’को चिया कफी नामक गीतको भिडियोलाई युटुवमा १ करोड भन्दा बढी पटक हेरिएको छ ।सुगम पोखरेल र इन्दिरा जोशीको स्वर रहेको गीतमा बसन्त सापकोटाको शब्द र संगीत रहेको छ।बिकाश राज आचार्य निर्देशित चलचित्र ‘नाई न भन्नु ल ४ ’मा प्रियंका कार्की, अनुभव रेग्मी, पल शाह , आंचल शर्मा र वर्षा राउतको मुख्य भूमिका रहेको छ ।उक्त गितमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।दिनेश पोखरेल र हरिबोल भण्डारीले निर्माण गरेको चलचित्रमा मुस्कान ढकालको सह निर्देशन रहेको छ।दिवस बिक्रम बस्नेत/हिट नेपाल

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..