डाक्टर बनेर अस्पतालमै सुत्केरी महिलामाथि करणीको प्रयास भएपछि…

तेह्रथुम । जिल्ला अस्पताल तेह्रथुममा प्रसुति गराउन आउनुभएका २० वर्षिया महिलालाई जबरजस्ती करणी गर्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीले मोरङको कानेपोखरी गाउँपालिका–३, बयरवनका ३० वर्षीय दिलिप भनिने दिपेश कार्कीलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरी जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

कार्कीले विहीबार जिल्ला अस्पतालमा अपरेसनबाट प्रसुति गराई वार्डमा रहनुभएकी महिलालाई राति १० ः०० बजे शौचालय गएको मौका छोपी जबरजस्ती करणीको प्रयास गरेका थिए ।

उनले आफू अस्पतालको डाक्टर भएको र घाउ सफा गरिदिने भन्दै झुक्याएर गोप्य अंङ्गहरुमा हात पुराएपछि आफूले प्रतिकार गरेको पीडित महिलाले बताउनुभयो ।

प्रहरीले कार्कीलाई विहीबार राति नै पक्राउ गरेको थियो । शुक्रबार उनी विरुद्ध जबरजस्ती करणी उद्योग अपराधमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..