१२ वर्षकी बालिकालाई ७ अपराधीले अपहरण गरी जंगलमा लगे, जंगलमा भयो चमत्कार

इथियोपियामा केही समयअघि एउटा निकै आश्चर्यजनक घटना भएको थियो । यहाँ केही अपराधीहरुले १२ वर्षकी एक बालिकालाई अपहरण गरे । त्यसपछि बालिकालाई खोज्दै उनका परिवार प्रहरीसँग जंगलमा पुगे त्यहाँको दृश्य देख्दा उनीहरुलाई विश्वासै लागेन । त्यहाँ ३ सिंहले बालिकाको पहरेदारी गरेर बसेका थिए । बालिकाका परिवार र प्रहरी त्यहाँ पुगेपछि भने ती सिंहहरु जंगलभित्र गए । यो घटनालाई त्यहाँका मानिसहरु अझै पनि चमत्कार मान्छन् ।

यो घटना २००५ को जून महिनामा इथियोपियाको अदिस अबाबा शहरमा भएको हो । यहाँकी १२ वर्षकी बालिकालाई केही अपराधीहरुले अपहरण गरे । अपराधीहरु ७ जना थिए । तीमध्येको एकले ती बालिकासँग जबरजस्ती विवाह गर्न चाहन्थ्यो । अपहरणपछि बालिका भाग्न खोज्दा उनीहरुले बालिकालाई कुटपिट गरे । तर, जब पुलिस बालिकालाई खोज्दै जंगलमा पुग्यो त्यहाँ ३ सिंहहरु बालिकाको रक्षा गरिरहेका भेटिए ।

प्रहरी अधिकारीले भनेका थिए ‘आरोपीहरुले बालिकालाई निर्घात कुटपिट गरेका थिए । कुटेपछि बालिका रोएको आवाज सुनेर ती सिंहहरु त्यहाँ पुगेका थिए । सिंहहरुलाई देखेपछि अपराधीहरु डराएर भागे । त्यसपछि सिंहहरुले त्यहीँ बसेर बालिकाको सुरक्षा गरे । ती सिंहहरु त्यति बेलासम्म बालिकाको रक्षा गर्दै त्यहीँ बसे जबसम्म पुलिस र बालिकाका परिवार त्यहाँ पुगेनन् ।’ एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..