चाडपर्वमा हुनसक्ने आपराधिक गतिवीधि रोक्न प्रहरी सक्रिय

काठमाडौ । महानगरीय प्रहरी परिसर काठमाडौंले चाडपर्वमा हुने अपराध न्यूनीकरण गर्न सुरक्षा योजना सार्वजनिक गरेको छ।

परिसर कार्यालयमा पत्रकार सम्मलेनका आयोजना गर्दै परिसर प्रमुख एसएसपी वसन्त लामाले सुरक्षा योजना सार्वजनिक गर्नुभएको हो । प्रहरीले अब दुई वटा सुरक्षा चुनौती रहेको र त्यसैअनुसार सुरक्षा योजना बनाइएको बताएको छ।

एउटा नियमित सुरक्षा चुनौती छ भने अर्कोतर्फ चाडपर्वमा हुने सुरक्षा चुनौती थपिएको छ। चाडपर्वमा हुने सुरक्षा चुनौती न्यूनीकरण गर्न परिसरले ३ हजार ३ सय ३५ जना प्रहरी परिचालन गर्ने बताएको हो।विगतमा हुने गरेको अपराध र अहिलेको अवस्थालाई विश्लेषण गरी प्रहरीले गस्तीको तयारी गरेको छ।

सुरक्षाको दुष्टिकोणलाई मध्यनजर गर्दै प्रहरीले ड्युटीका प्रकार विभाजन गरेर जनशक्तिको बाँडफाँट गरेको छ। काठमाडौंलाई विभिन्न १४ क्षेत्रमा बाँडेर सुरक्षा योजना बनाइएको एसएसपी लामाले बताउनुभयो ।बर्दीका प्रहरी देखेपछि आपराधिक गतिविधि गर्ने व्यक्ति भाग्न सक्ने भन्दै प्रहरीले ठूलो मात्रामा सादा पोशाकका प्रहरी परिचालन गर्ने भएको छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..