५ सय भन्दा बढी जनावर पर्खिबसेका छन् यी व्यक्तिलाई ,नआउँदा आशु बगाउँदै बस्छन्

एजेन्सी। केन्याका एक स्थानीय व्यक्तिले आफ्नो देशका वन्यजन्तुलाई बचाउने अथक प्रयास गरिरहेका छन् । खडेरीको कारण राष्ट्रपतिले संकटकाल घोषणा गरेको बेला पनि रात भरि भएपनि वन्यजनतुलाई बचाउन हर रात ३ हजार ग्यालिन पानी लगेर पोखरी भर्ने काम गर्छन् । पानी खान नपाएर मरनासन्न अवस्थामा पुगेका वन्यजन्तुलाई पानी दिएर बचाउने केन्याका एक व्यक्तिले आफ्नो परिवारमा नै एक विरासत बनाएका छन् ।

प्याट्रिक किलोनजो म्वलुआ नाम गरेका ती व्यक्ति वन्यजन्तुको लागि नायक नै भएका छन् । एकदिन उपस्थित हुन सकेनन् भने उक्त स्थानमा रहेका ५ सय भन्दा बढी वन्यजन्तु उनको बाटो हेर्दै आँशु बगाउँदै बसेका हुन्छन् । उक्त वन्यजन्तु बस्ने पार्क ‘तस्वा वेस्ट नेशनल पार्क’ हो । त्यहाँ ५ सय भन्दा बढी वन्यजन्तुहरु रहेका छन् । म्वलुआ एक किसान हुन् । उनी आफ्नो देशका वनयजन्तु प्रति निकै गम्भिर रहेका छन् । लामे समयदेखि पानी नपरेका कारण पानी खान नपाएका वन्यजन्तुहरु मृत्युको मुखमा पुगिसकेका छन् ।

म्वलुआ भन्छन्, ‘म आफ्नो क्षेत्रको वन्यजन्तुहरु निकै पिडित रहेको देख्छु यदि मैले उनीहरुको लागि एक दिनमात्र पानी पुर्याउन सकिने धने उनीहरु मर्छन् । म आफ्नो देशको विरासत प्रति निकै चिन्ता गर्ने भएको कारण मेरो भन्दा पनि पशुपक्षीको चिन्ता धेरै छ त्यसकारण मैले उनीहरुको लागि पानी जसरी पनि खोज्न सक्नुपर्छ ।’‘कहिलेकाँही त म रातभरि पोखरीमा पानी भर्ने काम गर्छु उनीहरु पानीको गन्धले पानी खान आउँछनन् ।

रातको समयमा तीन हजार ग्यालिन पानी त्यहाँ पुर्याउन सजिलो छैन् त्यसको लागि एउटा ट्रक किनेको छु मैले पानी ल्याउने आशमा त्यहाँका हात्ती, उट, जेब्रा मलाई कुरेर बसीरहेका हुन्छन् । म त्यहाँ पुगेपछि मेरो स्वागतको लागि उनहिरु तयार भउर बसेका हुन्छन् ।’ वन्यजन्तुको लागि निकै मेहनत गरेका म्वअुलालाई वाटर म्यानको नाम दिइएको छ । उनको यस्तो महान कामलाई सम्मान गर्दै अमेरिकी शे कालवे ने गो –फण्ड–मी पेज बनाउन लागि १८ हजार डलर सहयोग गरिसकेको छ । पशुपंक्षीको लागि अतुलनिय योग्दान पुर्याएका वाटर म्यान अब आफ्नै ट्रक किनेर पशुपक्षीको लागि काम गर्ने भएका छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..