बस्नेत यो बन्छु भनेर हिड्दा त्यो बने

नेपालका प्रथम निजी डेरी सञ्चालक इन्द्रबहादुर बस्नेतद्धारा लिखित हिँडेको गोरेटो आत्मवृतान्त पुस्तक लोकार्पण भएको छ । मन्त्रिपरिषदका पूर्व अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सम्माननिय खिलराजरेग्मि र कार्यक्रमका विशेष अतिथीडा. योगी विकाशानन्दले संयुक्त रुपमा आज कुञ्ज थिएटरमा विमोचन गर्नु भएको हो ।

पुस्तक विमोचनमा बोल्दै मन्त्रिपरिषदका पूर्व अध्यक्ष सम्माननिय खिलराजरेग्मिले ससाना मान्छेले नै देश बिकास भएको र डेरीमा अनवरत काम गर्ने नेपालको डेरी क्षेत्रका पायोनियर ईन्द्रबाहादुर बस्नेतको किताब प्रेरणाको पुन्ज भएको बताउनुभयो ।

शकुनी र दुुर्याेधन मामा भान्जाको कारण बंश बिनाश भएको र यहाँ ईन्द्र बाहादुर बस्नेत र पुुर्ण बाहादुर थापा मामा भान्जाको कारण यत्रो डेरीको बिकास भएको बताउनुभयो ।

डा. योगी विकाशानन्दले डेरीमा ईन्द्रबाहादुर बस्नेतले र यो किताबले अमिट छाप छाडने हुनाले आजको दिन महत्वपुर्ण रहेको बताउनुभयो साथै भन्नुभयो अब अर्गानिक डेरीमा मुलुक प्रवेश गर्ने बेला भयो यता तर्फ यहाँको पाईला चलोस भन्दै लेखकलाइ सुुझाउनुभयो ।

कार्यक्रममा पूर्व मन्त्रि विक्रम बहादुर थापा, दुग्ध विकास बोर्डका अध्यक्ष बाबुकाजी पन्त, नेपाल डेरीका संस्थापक, डेरी व्यवसायका अग्रणी हेरम्ब राज भण्डारी, डेरी उद्योग संघका अध्यक्ष अरनिको राज भण्डारी, आधुनिक डेरीका प्रबन्ध निर्देशक पूर्णबहादुर थापा, केन्द्रिय दुग्ध उत्पादक नारायण देवकोटाले शुभकामना व्यक्त गर्नु भएको हो ।

हिँडेको गोरेटो पुस्तकका बारेमा बोल्दै लेखक इन्द्रबहादुर बस्नेतले आफुले लेखेको किताब आफुले भोगेको ईतिहास भएको बताउदै जीवनमा किताब लेख्छु भन्ने कहिल्यै नसोचेको आज यो पुस्तक निक्लेकोमा खुुशी ब्यक्त गर्नुभयो ।

घोष्ट राईटिङ नेपाल (लेखन कुञ्ज) का अध्यक्षकमल ढकालले घोष्ट राईटिंगले समाजका लुकेका धेरै पात्रलाई अगाडी ल्याउने क्रममा यो पछिल्लो पुस्तक भएको बताउनुभयो । समाजका बिभिन्न क्षेत्रका पुुस्तकलाई ल्याउने क्रममा डेरीको किताब आएको बताउनुभयो ।

हिँडेको गोरेटो पुस्तकका सम्पादक श्रीधर न्यौपानेले कार्यक्रममा बोल्दै यो पुस्तकले मान्छेलाई आफैले कुनै काम सुरु गर्नको लागि यो पुस्तक मार्गदर्शक भएको बताउनुुभयो ।

लेखक ईन्द्र बाहादुर बस्नेतले आफु यो बन्छु भनेर हिड्दा त्यो बनेको त्यो बन्छु भनेर लाग्दा यो बन्दै डेरीमा आईपुुगेको बताउनुभयो । बाध्यताले सुरु गरेको यो पेशा उद्योग र सौख बनेकोमा आफ्नो निरन्तरताले काम गरेको बताउनुु भयो ।

थाहै नपाई सुरु गरेको ईन्द्र डेरी नेपालको पहिलो डेरी भएकोमा आफु हर्षित भएको बताउनु भयो । ईन्द्र डेरी देखि आधुनिक डेरीसम्म आउदा आफ्नो जीवनको पाँच दशक अर्पिएको बताउनु भयो ।

घोष्ट राईटिङ नेपालले बजारमा ल्याएको पुस्तकको मुल्य रु ३५० रहेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..