
काठमाडौ । भुटानमा जारी यु–१८ महिला च्याम्पियनसिपमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ। नेपाल बंगलादेशले पाकिस्तानलाई हराएसँगै एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको हो।
नेपाललेपनि यसअघि आफ्नो पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानमाथि प्रभावसाली जित निकालेको थियो। थिम्पुस्थित चाङलिमिथाङ मैदानमा आइतबार बंगलादेशले पाकिस्तानलाई १७–० ले हराएको हो। बंगलादेश पनि एक खेल अगावै सेमिफाइनलमा पुग्न सफल भयो । यसअघि नेपालले पाकिस्तानलाई १२–० ले हराएको थियो।
दुई खेलमा २९ गोल खाएको पाकिस्तान समूह चरणबाट बाहिरिएको छ। अब नेपालले मंगलबार बंगलादेशसंग खेल्ने छ। उक्त खेलपछि समूह विजेता र उपविजेताको तय हुनेछ। समुह बि मा नेपाल र बंगलादेशको समान ३–३ अंक छ । गोल अन्तरमा बंगलादेश अघि रहेको छ।