गर्भपतन गराउन अस्पताल पुगिन् महिला, अस्पतालमा बदलियो पूरै कहानी

बेलायतको लंकाशयरकी एक महिलाले आफूसँग घटेको एउटा विचित्रको घटनाबारे बताउकी छिन् । ३५ वर्षकी सोफिया खानले गर्भपतन गराउनै पर्ने अवस्था आएको थियो । डाक्टरले शतप्रतिशत ग्यारेन्टी दिँदै भनेका थिए कि सब ठिक हुनेछ । तर गर्भपतनपछि जे भयो त्यसले महिलालाई जीवनभरी पीडा दिएको छ । सोफियाले सामाजिक संजालमा बताइन् कि उनले गर्भपतन गराउने निर्णय गरेकी थिइन् ।

सोफियालाई डाक्टरले भनेका थिए कि गर्भमा रहेको उनको बच्चालाई एक प्राणघातक रोग थियो । यो रोगका कारण मेरुदण्डमा दरार र अन्य गम्भीर समस्या हुन्छ जसले बच्चा जीवित रहने सम्भावना समाप्त हुन्छ । यही कारण सोफिया र उनका पनि शकिलले मुटुमा ढुंगा राखेर यो फैसला गरेका थिए । तर, डाक्टरको लापरवाहीका कारण बच्चाले जन्म लिन्छ र जाँदाजाँदै आमालाई जीवनभरको पीडा दिएर जान्छ ।

गर्भपतनका लागि पहिले टाक्६रले बच्चालाई गर्भनालबाट इन्जेक्सन दिएका थिए जसबाट बच्चाको सास र धड्कन बन्द होस् । तर केही गडबड भयो । सोफियाले भनिन् कि इन्जेक्सन दिएपछि ऊ मेरो पेटभित्र तड्पिन थाल्यो । उसले छिटोछिटो हातखुट्टा फाल्न थाल्यो । मलाई महसुस भइरहेको थियो तर कोही मेरो कुरा सुन्न तयार थिएन । मैले आफ्नो पेटकै उसलाई मर्न दिइरहेकी थिएँ ।

भावुक सोफियाले भनिन् ‘ऊ मरेको थिएन । व्यथा लागेपछि मैले उसलाई जन्म दिएँ । ऊ रोइरहेको थियो तड्पिरहेको थियो । उसलाई मेरो हातमा राखियो । केही पलमै उनले प्राण त्याग्यो । मलाई यस्तो लाग्यो कि ऊ जानुभन्दा पहिले एकपटक मलाई हेर्न चाहन्थ्यो । कसैले बुझ्दैन कि यो मेरो जीवनको लागि कति ठूलो चोट हो । म यो पल कहिल्यै भुल्न सक्दिन ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..