विद्यार्थीले स्कुल ब्यागमा बोकेर ल्याएका थिए यस्तो चीज, शिक्षकको सातोपुत्लो उड्यो

अमेरिकाको ओक्लाहोमामा एक आमा त्यतिबेला चिन्तीत भइन् जब उनको मोवाइलमा उनका छोराको स्कुलबाट फोन आयो । महिला त्यतिबेला अफिसमा थिइन् । उनलाई लाग्यो कि उनका छोराले स्कुलमा केही बदमासी गरे वा कुनै समस्यामा परे । महिलाले फोन उठाइन् । फोन स्कुलकी प्रिन्सिपलको थियो र उनले महिलाका छोराकै विषयमा कुरा गर्न फोन गरेकी थिइन् ।

लेड्रले होब्सन नामकी महिलाका छोरा स्कुल गएका थिए र आमा अफिस गएकी थिइन् । त्यहीबेला आमालाई फोन गरेकी प्रिन्सिपलले भनिन् कि उनका छोराले स्कुल ब्यागमा मरेको लोखर्के बोकेर ल्याएका थिए । यो सुन्नासाथ लेड्रलेले अपमान र लाजको महसुस गर्छिन् । उनी सोच्न थाल्छिन् कि मरेको लोखर्के उसको ब्यागमा के गरिरहेको थियो ।

जब प्रिन्सिपलले यसको कारण बताउँछिन् तब भने सबै हाँस्छन् । साखमा बच्चालाई लोखर्केको पकौडा खान मन लागेको रहेछ । त्यसैले उनले मरेको लोखर्के भेटेपछि लोखर्केको पकौडा खाने भन्दै त्यसलाई स्कुल ब्यागमा राखेका रहेछन् । प्रिन्सिपलले महिलालाई लोखर्केको फोटोसमेत पठाएकी थिइन् । पछि भने शिक्षकले बालकलाई सम्झाएर मरेको लोखर्के फालिदिए । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..