सनी लियोनपछि बलिउड तताउन आउँदै अर्की पोर्नस्टार

रामु उर्फ रामगोपाल वर्मा यतिबेला अपमेकिङ फिल्म गोड सेक्स एन्ड ट्रुथ मा व्यस्त छन् । यो चलचित्रको सुटिङ उनी पोर्नस्टार मिया मल्कोभाका साथ गरिरहेका छन् ।

सनी लियोनपछि मिया मल्कोभा दोस्रो अन्तर्राष्ट्रिय पोर्नस्टार हुन्, जो बलिउड फिल्ममेकरका साथ काम गरिरहेकी छन् । तर, के तपाईलाई थाहा छ कि सनी लियोनपछि बलिउड इन्ट्री लिइरहेकी यि दोस्री अन्तर्राष्ट्रिय पोर्नस्टार मल्कोभा को हुन ? कसरी पोर्न उद्योगमा आइन् ?

मिया मल्कोभा अहिले मात्र २६ वर्षकी भइन् । १ जुलाई १९९२ मा उनको जन्म अमेरिकाको पाम स्प्रिङ्ग (क्यालिफोर्निया) मा भएको हो । पोर्न उद्योगमा आउनुअघि उनी रेस्टुरेन्ट चैन मैकडोनाल्ड र सिज्लरमा काम गर्थिन् ।

मिया सन् २०१२ मा पोर्न उद्योगमा प्रवेश गरेकी हुन् । विद्यालयकी साथी तथा एडल्ट फिल्मकी कलाकार तनाशा मल्कोभाले उनलाई यो उद्योगमा प्रवेश गराएकी हुन् । उनको असली नामका बारेमा धेरै जानकारी सार्वजनिक भइसकेको छैन । तर भनिन्छ कि मिया मल्कोभा उनले आफ्नो स्टेज नाम राखेकी हुने । किनभने यसबाट रसियन र युरोपियनजस्तो फिलिङ आउने गर्दछ ।

पोर्नस्टार मियाले द प्रिअचेर्स डटर, पिटर पैन, एन एक्सेल, ब्राउन पैरोडीजस्ता चलचित्रमा काम गरेकी छन् । मिया मल्कोभाले सन् २०१४ मा पोर्न एक्टर डैनी माउन्टेनसँग विवाह गरेकी हुन् ।डैनी पनि पेसामा पोर्नस्टार नै हुने । मिया मल्कोभाका भाइ जस्टिन हन्टलाई पनि पोर्नोग्राफी कलाकारकै रुपमा चिन्ने गरिन्छ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..