
लण्डन। दक्षिण अफ्रिकाको भ्रमणको लागि स्कुलका सबै विद्यार्थी र भ्रमण टोली लण्डनबाट जहाजमा जाँदै थिए।रातीको समयमा २९ वर्षीया शिक्षिका इलिनर विल्सन ले आफ्नै १६ वर्षीय विद्यार्थीसँग शारीरिक सम्बन्ध राखेको पाइएपछि उनलाई स्कुलबाट निकालिएको हो।
जहाजमा सवार रहँदा उनीहरुबीच शौचालयमा शारीरिक सम्पर्क भएको थियो । उनीहरुबीच शारीरिक सम्बन्ध भएको कुरा विद्यार्थी कै अन्य एक जना साथीले थाहा पाएका थिए।
केही समय पछि अर्का विद्यार्थीले पनि यौन प्रस्ताव राख्दा शिक्षिकाले नमाने पछि कुरा बाहिरिएको हो। यो कुरा सार्वजनिक भएपछि शिक्षिकालाई विद्यालयबाटै निकालिएको छ। यौन सम्बन्धकै कारण गर्भवती भएपछि ति शिक्षिकाले पछि गर्भपतन गराएकी थिइन्।
यद्धपि शिक्षिकाले भने आफुहरुबीच कुनै त्यस्तो सम्बन्ध नरहेको बताएकी छन् । ती कुरा हल्ला मात्र रहेको र आफूहरूले अँकमाल मात्र गरेको जनाएकी छन्।