पुरानो बेसमेन्टमा घुम्दा पत्नीलाई हुन थाल्यो गर्मी, फर्केर त्यहाँ खिचिएका फोटो हेर्दा…

इङल्याण्डको नरफकमा एक जोडी शहरनजिकै भएको एउटा पुरानो घरमा घुम्न गएका थिए । घरमा घुम्ने क्रममा उनीहरुसँग केही अनौठा घटनाहरु भए । उनीहरुले उतिबेला भने यी घटनामा ध्यान दिएनन् ।

त्यहाँबाट फर्केपछि जब यो जोडीले त्यहाँ खिचिएका फोटोहरु हेरे त्यसपछि भने उनीहरुको होस उड्यो । त्यहाँ खिचिएका फोटोहरुमध्ये एक फोटोमा उनीहरुले निकै डरलाग्दो अनुहार देखे । यो अनुहार ५ सय वर्ष पहिले त्यही ठाउँमा जिउँदै जलाइएको पुजारीहरुमध्ये एकको जस्तै देखिन्थ्यो ।

नरफकको वाटनमा बस्ने तानिया कोपमेन र उनका पति जारेड कोपमेन हालै आफ्नो घरबाट ५ घण्टाको दूरीमा रहेको मेन्सफिल्ड गाउँ पुगेका थिए । तानियाका अनुसार फर्केपछि जब उनले त्यहाँ खिचेका फोटोहरु हेरिन् उनी निकै तर्सिइन र आत्तिएर उनले पतिलाई बोलाइन् । फोटोमा आँखा चम्किरहेको एक अनुहार थियो जसले उनलाई घुरिरहेको थियो । त्यो अनुहार जलेको जस्तो पनि देखिन्थ्यो ।

उनीहरुलाई त्यहाँ लैजाने गाइड ली रबर्टसका अनुसार यो अनुहार त्यहाँ ५ सय वर्षअघि जिउँदै जलाइएका सात साधुमध्ये एकको हुन सक्छ । यो जोडीको कुरापछि त्यहाँको सिसिटिभी फुटेज जाँच गरिएको थियो जसमा प्रस्ट देखिन्थ्यो कि फोटो खिच्ने बेला त्यहाँ यो जोडीबाहेक कोही थिएन । यस्तोमा महिलालाई लागिरहेको छ कि यो अनुहार तिनै साधुमध्ये एकको थियो । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..