गायक अर्जुन पन्त र गायिका तारा थापाको स्वरमा “ मनको भारी ” (भिडियोसहित)

लोकपारखी मनहरुको रोजाई अनुसारका विभिन्न मौलिक भाकाहरुलाई बजारमा ल्याएर सर्वाधिक चर्चाको शिखरमा रहेको न्यु अन्जना डिजिटल मिडियाको प्रस्तुतीमा गायक अर्जुन पन्त र गायिका तारा थापाको आवाजमा रहेको “ मनको भारी ” बोलको भिडियो बजारमा आएको छ ।

अर्जुन पन्तको शब्द तथा मौलिक मार्मिक लय सिर्जनमा गीत निमार्ण गरिएको छ । एम थापा मगरले गीतलाई एरेन्ज गरेका छन । आफनो प्यारो मान्छे टाडा हुने जलन लाई गीतमा निकै गहकिलो तरिकाले ब्यक्त्त गरिएको छ ।

सागर गौत्तमको छायाँकन , प्रकाश एस के र निसान एस केको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा मायालु जोडीको भुमिकामा विरी श्रेत्री र अन्जु तामाङको निकै लोभलाग्दो अभिनय रहेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..