सोनीयालाई धोका भएपछि (भिडियो)

गायिका सोनीया पाण्डेको ‘मैले मात्र’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । युवराज वाईबाको निर्देशनमा तयार भएको भिडियोमा नायक बिनोद न्यौपाने र बिनिता ओली देखिएका छन् ।

प्रेम वियोगका शब्दहरु समावेश रहेको गीतबाट सोनीयाले गायिकाको परिचय पाएकी छिन् । गीतमा योगेन्द्रमणी दाहालका शब्द र सुनिल मास्केको संगीत रहेको छ । गीतको छायाँकन उत्सव दाहालले गरेका हुन् भने निशान घिमिरेले भिडियो सम्पादन गरेका छन् । भिडियोमा सरोज दाहाल र ऋतु विष्ट सहयोगी कलाकारको रुपमा देखिएका छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..