सेक्सी सेलिब्रेटीको लिङ्कमा क्लिक गर्दा सावधान रहनुस्, सबै कुरा गुमाउनुपर्ला

यदि तपाई अमेरिकी रियलिटी स्टार किम कार्दशियनको शो ‘कीप–विद कार्दशियन्स’ इन्टरनेटमा हेर्नु हुन्छ वा उनका श्रीमान कान्ये वेस्टको हालैको ट्वीटमा पुनः सर्च गरिरहनु भएको छ भने सावधान रहनुस् ।

अमेरिकी टीभीस्टार किम सन् २०१८ मा इन्टरनेटमा सर्च हुने सबैभन्दा खतरनाक सेलिब्रेटी बनेकी छन् । साइबर सेक्योरिटी फर्म मैकेफीले यस्तै सेलिब्रेटिजको एउटा सूची जारी गरेको छ, जसको नाम सर्च गर्दा कयौ खतरनाक लिङ्क आउने गर्दछ । यो लिङ्कले तपाईलाई समस्यामा पार्न सक्दछ ।

यो सूचीमा किम कार्दशियनको नाम सबैभन्दा माथि छ । सन् २०१७ मा यो लिस्टमा क्रैग डेविडको नाम सबैभन्दा माथि थियो ।

सुपर मोडल नाओमी कैम्पबेल दोस्री सेलिब्रेटी हुन् भने किमकी बहिनी कोर्टनी कार्दशियन यो सूचीमा रहेको तेस्रो नाम हो ।

चौथो नम्बरमा बेलायती गायक एडेल र पाँचौ नम्बरमा कैरोलिन फ्लेक छन । यसप्रकार यी पाँच यस्ता सेलिब्रेटी हुन् जसको नाम इन्टरनेटमा सर्च गर्नु सबैभन्दा खतरनाक हुन सक्छद ।

मैकेफीले भनेको छ–साइबर जगतमा अपराधी अक्सर चर्चित हस्तीहरुको नाम प्रयोग गर्ने गर्दछन् । ताकि यो लिङ्कमा क्लिक गरेर यी खतरनाक वेभसाइट्समा पुराउन सकियोस् ।

यस्ता साइट्सहरुमा मैलवेयर (एउटा विशेष प्रकारको भाइरस) हुन्छन् जुन प्रयोगकर्ताको व्यक्तिगत जानकारी र पासवर्ड चोरी गर्न सकियोस्।

यो सूचीमा रोज ब्रायन, ब्रिटनी स्पीयर्स, अभिनेत्री एमा रोबर्टस र रियलिटी स्टार फ्रेन मैकेनको नाम पनि समावेश छ। मैकफीका मुख्य वैज्ञानिक राज समानी भन्छन्–तिब्रताका साथ बढिरहेको यो संसारमा पप कल्चर र सामाजिक सञ्जालको दबदबा छ। हामीसँग आफ्नो मनोरञ्जनको साधन चयन गर्ने पर्याप्त विकल्प छ।

यो साइबर सेक्योरिटी फर्मले प्रयोगकर्ताहरुलाई सल्लाह दिँदै भनेको छ कि सबै भिडियो विश्वसनीय वेभसाइटमा मात्रै हेर्नु आवश्यक छ। कुनै पनि सेलिब्रेटीसँग सम्बन्धित समाचार पढ्नका लागि त्यही लिङ्कमा मात्र क्लिक गर्नुस जसको सोर्समाथि तपाईलाई विश्वास छ। यसका साथै एन्टी भाइरसलाई अपडेट गरेर पनि साइबर आक्रमणबाट बच्न सकिन्छ । बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..