यस्तो छ भारतीय प्रधानमन्त्री मोदीले खाने च्याउ,जसको मूल्य प्रति केजी ५० हजार

काठमाडौं – जब नरेन्द्र मोदी गुजरातका प्रधानमन्त्री थिए, त्यतीबेला उनले पत्रकारसंगको रेकर्डिङमा भनेका थिए कि उनको स्वास्थ्यको राज हिमाञ्चल प्रदेशमा पाइने च्याउ हो ।प्रधानमन्त्री मोदी जुन प्रजातीको च्याउ रुचाउछन् त्यो हो गुच्छी च्याउ ।

भारतीय सञ्चार माध्यमका अनुसार बिजुली चम्किएको बेला हिउँ पग्लिएपछि हिउँमुनिबाट यो च्याउ बाहिर निस्किन्छ । यसलाई मानिसहरुले टिपेर जम्मा गरेर राख्ने तथा जाडोको मौसममा पकाएर खाने गर्दछन् । भारतमा ठूला ठूला कम्पनी तथा होटेलहरुले यसलाई महंगोमा किन्ने गरेका छन् । त्यसैले भारतमा गुच्छी पाइने क्षेत्रका मानिसहरु फेब्रुअरी देखि अप्रिलसम्म गुच्छी खोज्न पहाडतिर धाउँछन् ।

वैज्ञानिक नाम मार्कुला एस्क्यूपलेटा रहेको यो च्याउ औषधिय गुणले युक्त छ । यसको प्रयोग जाडोमा बढी हुने भएका कारण पनि आजभोली यसको माग उच्च भएको छ ।उच्च हिमाली तथा पहाडी क्षेत्रमा मात्र पाइने यो च्याउ नेपालमा समेत पाइने गरेको छ । नेपालमा यसको खासै चर्चा नभएपनि भारतमा भने यो च्याउ सुन बराबरकै मानिन्छ । कश्मीर, हिमाचल लगायतका क्षेत्रमा पाइने गुच्छी प्रति किलो ३० देखि ३५ हजार भारुमा बिक्दछ ।

पहाडमा बस्ने शाकाहारी मान्छेहरुलाई प्रोटीनको जरुरत पर्ने र त्यसको मात्रा पूरा गर्न उनीहरु उक्त च्याउ खाने गर्छन् । स्वास्थ्यको हिसाबले जति महत्वपूर्ण छ त्यती नै स्वादिष्ट हुदो रहेछ गुच्छी च्याउ त्यै भएर त यती धेरै महंगो हुनेरहेछ । प्रधानमन्त्री मोदी पार्टी कार्यकर्ताको रुपमा हिमाञ्चल प्रदेशमा गएका थिए र उनले त्यहाँ लामो समय बिताए । यसै बिचमा त्यहाँ उनका धेरै मित्रहरु पनि बने । उनिहरुसंगको उठबसले मोदीले पनि गुच्छी च्याउ खान सुरु गरे र अहिले सम्म पनि खाइ रहेका छन् ।

हुन त मोदीले उक्त च्याउ दैनिक खादैनन् तर उनलाई यो अति नै मन पर्ने र कहिलेकाँही खाने कुरा भने स्विकारेका छन् । मोदी आफु त खान्छन नै आफ्ना पाहुनालाई पनि यो च्याउ खुवाउन रुचाउछन् । यसमा बी कम्प्लैक्ट भिटामिन, भिटामिन डी, र अन्य आवश्यक एमिनो एसीडहरु पाइन्छन् । यसको लगातार सेवनले हृदयघात हुने सम्भावना एकदमै कम भएर जान्छ । यसको अन्तराष्ट्रिय बजार पनि निकै नै राम्रो रहेको पाइन्छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..