बाँकेमा माइक्रो बस र ट्रक ठोक्किदा ४ जनाको मृत्यु ,दर्जनौ घाइते

नेपालगन्ज।बाँकेमा माइक्रो बस र ट्रक ठोक्किदा  भएको दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् ।

दाङबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस माइक्रो बस र नेपालगञ्जबाट विपरित दिशाबाट जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक शनिबार बिहान करिब सवा ९ बजेतिर राप्ती सोनारी गाउँपालिका ९ मुगुवा खोला नजिक ठोक्किएका थिए ।

घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..