घरबाट घण्टौं बेपत्ता हुन्थ्यो कुकुर, मालिकले एक दिन पिछा गर्दा खुल्यो सनसनीपूर्ण रहस्य

एजेन्सी। आयरल्याण्डको टोरीमा केही समयअघि एउटा कुकुर हिरो बन्यो । यो कुकुर घण्टौं आफ्नो घरबाट गायब हुन्थ्यो । जसका कारण मालिक निकै चिन्तित रहन्थे । एक दिन मालिकले कुकुरको पिछा गरेपछि थाहा भयो कि कुकुर सबैं त्यहाँको बन्दरगाहमा जान्थ्यो । कुकुर त्यहाँ दिनहुँ जानुको रहस्य थाहा पाएपछि भने मानिसहरु निकै आश्चर्यचकित परे । कुकुर त्यहाँ आफ्नो उक खास साथीलाई भेट्न जान्थ्यो । कुकुरको त्यो साथी एउटा डल्फिन माछा थियो ।

लेब्राडोर प्रजातीको कुकुर बेन टोरी आइल्याण्डस्थित एक गाउँमा एक परिवारसँग बस्थ्यो । केही समय पहिले यो परिवार आफ्नो कुकुरका कारण निकै चिन्तित भएको थियो किनकि कुकुर घण्टौं घरबाट बेपत्ता हुन्थ्यो । कुकुर बन्दरगाहमा गएपछि पानीमा जान्थ्यो । कुकुर त्यहाँ गएर डल्फिनलाई पर्खिन्थ्यो त्यसपछि दुवै मिलेर घण्टौं पानीमा पौडिन्थे । यो डल्फिनलाई पहिले पनि त्यहाँ पौडिरहेको देखिन्थ्यो । जमिनमा बस्ने कुकुर र पानीमा बस्ने डल्फिनको मित्रता कसरी भयो भन्ने बारेमा भने केही जानकारी छैन ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..