बंगबन्धु गोल्ड कप : नेपाल र प्यालेस्टाइनको खेल शुरु (लाईभ)

काठमाडौं । साबिकको विजेता नेपालले बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो खेलमा अहिले बलियो टोली प्यालेस्टाइनसंग प्रतिस्पर्धा गरिरहेको छ ।

पहिलो खेलमा पराजित नेपाल प्यालेस्टाइनविरुद्ध गर या मरको स्थितिमा छ । मंगलबार भएको समूह चरणको पहिलो खेलमा नेपाल ताजकिस्तानसंग २ – ० ले पराजित भएको थियो ।

सिल्हेटस्थित जिल्ला स्टेडियममा नेपाललाई दोस्रो चरणमा पुग्न फराकिलो जित आवश्यक रहेको छ । झिनो अन्तरको जित र बराबरीले नेपाल सेमिफाइनलमा पुग्न असफल हुनेछ ।

समूह ए मा रहेको नेपालले अंक जोड्न सकेको छैन । यता, प्यालेस्टाइन र ताजकिस्तानले ३-३ अंक जोडेका छन् । प्यालेस्टाइनविरुद्ध जित निकाले नेपालको पनि ३ अंक हुनेछ । यस्तोमा गोल अन्तरले अघिल्लो चरण पुग्ने दुई टोलीको तय हुनेछ

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..