चराहरु उड्दै जताततै ठोक्किन थाले, पोष्टमार्टम रिपोर्टमा खुल्यो होस उडाउने रहस्य

एजेन्सी। अमेरिकाको मिनेसोटामा चराहरु अचानक बेहोस भएर खस्न थाले । कोही चराहरु घरको झ्यालमा त कोही कारको सिसामा ठोक्किन्थे । घटनापछि यहाँ अनेक किसिमका हल्ला फैलिए । केहीले भने कि यहाँका चराहरु कालो जादूको शिकार भए । केहीले यसलाई ठूलो अनिष्टको रुपमा व्याख्या गरे । मिनेसोटामा यस्ता घटना बढ्दै गएपछि प्रहरीले यस विषयमा अनुसन्धान थाल्यो । यो घटनाको रहस्य खुलेपछि भने सारा शहर चकित परेको छ ।

पुलिसले यसरी ठोक्किएका चराहरुको पोष्टमार्टम गर्न पठायो । पोष्टमार्टम रिपोर्टमा यस्तो खुलासा भयो कि सारा शहर चकित पर्यो । वास्तवमा ती सबै चराहरु नशामा थिए । अब पुलिसको अगाडि सबैभन्दा ठूलो प्रश्न यो थियो कि यी चराको शरीरमा यो नशालु पदार्थ कहाँबाट आयो ? अनुसन्धान गर्दै जाँदा यसको रहस्य पनि खुल्यो ।

खासमा ती चराहरुलाई नशाको लत लागिसकेको थियो । उनीहरु मानिसजस्तै नशाको लतमा परेर नियमित नशा गर्न थालेका थिए । ती चराहरु एउटा खास किसिमको फल खाएर नशा गर्थे । यो फलमा अल्कोहल हुन्छ । यही फल खाएपछि सबै चराहरु नशाले लठ्ठ पर्थे । नशामा भएका चराहरु भ्रमत भएका कारण यताउता ठोक्किइरहेका थिए ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..