माओवादी नेताले भने बाम गठबन्धन टुटाउन देशीविदेशी चलखेल बढ्यो

काठमाडौ । पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका युवा नेता महेन्द्रबहादुर शाहीले बामगठबन्धन तोड्न देशी बिदेशी शक्तिको चलखेल बढेको बताउनु भएको छ ।

रफत सञ्चार क्लब भक्तपुरमा आईतबार आयोजीत कार्यक्रममा बोल्दै शाहीले बामगठबन्धन र लोकतान्त्रीक गठबन्धनलाई टुक्राउँदै आफ्नो शक्ति केन्द्रका रुपमा नेपाललाई प्रयोग गर्न देशी बिदेशी शक्ति लागेको बताउँदै बामगठबन्धनको एकता तोड्ने चलखेल जारी रहेता पनि त्यसले पूर्णता नपाउने बताउनु भयो ।

पाँच बर्षसम्म बामगठबन्धनबाट एक जना प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुने बताउँदै अब बन्ने बामगठबन्धनको सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुने त्यो कार्यकाल पाँच बर्ष हुनेमा कसैलाई शंका नगर्न उहाँले आग्रह गर्नु भयो ।

उहाँले वर्तमान देउवा सरकारले जाँदा जाँदै गरेको राम्रा कामको निरन्तरता दिने तर गलत निर्णय नयाँ बन्ने बामगठबन्धनको सरकारलाई मान्य नहुने बताउनु भयो । अब कहिल्यै सरकारमा आउन पाइन्न जस्तो गरेर जसरी निर्णय गरेको छ यो कामचलाउ सरकारले त्यो सरासर संबिधान बिपरित गएर काम गरिरहेको उहाँले बताउनु भयो ।

निर्वाचन आयोगले समेत नयाँ सरकार गठनमा देखाएको अलमल रहस्यमय भएको भन्दै उहाँले निर्वाचन आयोगले तत्परता देखाउन नसक्दा नयाँ सरकार गठनमा अवरोध भएको र संबिधानको समेत उल्लंघन गर्ने काम गरेको उहाँको टिप्पणी छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..