कार्यालयको कामको तनावपूर्ण जीवनलाई यसरी राहत दिन सकिन्छ

गति नै जीवन हो । यदि कुनै कुरा जड हो भने मान्नुस त्यो जिउँदो मुर्दा हो । मानिसको जिन्दगीको कुरा गर्ने हो भने त बितेका हरेक पलका साथ हाम्रो जीवनको गति तिब्र हुँदैछ ।

मानिसका पुर्खा कुनै बेला गुफाहरुमा बस्थे । र, आज आवाजभन्दा पनि तिब्र भएको छ हाम्रो जिन्दगी । भारतका लोकप्रिय अभिनेता दिलीप कुमारले एउटा अन्तर्वार्तामा भनेका थिए कि उनी युरोपबाट कनकर्ड विमानमा न्युयोर्क गएका थिए । कनकार्ड विमान आवाजभन्दा पनि तिब्र गतिमा चल्थ्यो । यो ८० को दशकमा फ्रान्स र बेलायत मिलेर बनाएका थिए । तब दिलीपकुमार यो देखेर आश्चर्यमा परे कि यति तिब्र गतिको विमानबाट पनि मानिसहरु आफ्नो गन्तव्यमा पुग्न दौडिदै विमानस्थलबाट निस्किरहेका थिए । उनका विश्वास थियो कि आजको नश्ल भागदौडवाला नै छ । आरामसँग कामै हुँदैन ।

जेसुकै होस दिलीपकुमारको अनुभव इतर आज गतिको तिब्रताको प्रगति र सफलताको स्तर हो । गति यति तिब्र गतिमा चल्छन् । इन्टरनेटको गति यति बढेको छ । यसले काम निकै तिब्रताका साथ गर्दछ । कुल मिलाएर स्पड इज लाइफ ।

विगत केही दशकमा संसारले निकै प्रगति गरेको छ। अन्तर्राष्ट्रियस्तरमा आर्थिक स्थिति बलियो बनेको छ। रोजगारीका नयाँ अवसरहरु देखिँदैछन् । मानिसको जिन्दगीमा पनि तिब्रता आएको छ । तिब्रताका साथ अघि बढिरहेको प्रविधिले यसमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। दिलिपकुमार जस्ता धेरैलाई यो तिब्रतापूर्ण जीवनप्रति गुनासो छ । उनका अनुसार आजका मानिस एकअर्काबाट टाढा भएका छन् । आफ्नो काम डेडलाइनमा पूरा गर्नका लागि सबै मात्र दौडिरहेका छन् ।

कम्पनीले लुट्यो शान्ति

बहुराष्ट्रिय कम्पनीहरुले त मानिसबाट उसको शान्ति नै लुटेका छन् । यद्यपि यो कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई धेरै सुविधान पनि दिने गरेका छन् । तैपनि त्यसको बदलामा मूल्य पनि त्यसरी नै असुल गरिरहेका छन् । दिन सुरु हुनुसँगै सकिन्छ । तर हाम्रो काम सकिँदैन । कामको प्रेसरले मानिसको जिन्दगीमा तनाव बढाइरहेको छ।

अहिले अधिकांश नोकरीपेसाका मानिसहरु गुनासो गरिरहेका छन् कि उनीहरुलाई आफूले इच्छाएको काम गर्न पाइरहेका छैनन् । रोजगारीको दौडमा कुद्दाकुद्दै उनीहरुको शौख पछाडि छुटिरहेको छ। एक अध्ययनका अनुसार ९४ प्रतिशत मानिस मान्दछन् कि उनीहरुले आफ्ना सबै काम समयमा गर्नका लाग समय प्राप्त हुँदैन । घरमा भए पनि अफिसको तनाव कायम रहन्छ । लगातार हुने यो तनावको जड हो अफिसको इमेल, गैजेटले हाम्रो जीवनलाई यसरी जकडेको छ कि छुटकारा पाउन मुस्किल छ।

अमेरिकामा गरिएको एउटा सर्भेका अनुसार आधाभन्दा बढी यस्ता मानिस छने जो आफ्नो विदा पनि निस्फिक्री भएर विबताउन पाउँदैनन् । उनीहरुमा यही तनाव रहन्छ कि केही दिनको विदापछि जब अफिस गइन्छ तब कामको चाङ उनीहरुको प्रतिक्षा गरिरहेको हुनेछ । भनिन्छ कि जो मानिस अफिसमा बढी समय बिताउँछन् उनीहरुमा हृदयघात हुने खतरा पनि बढी हुन्छ ।

सिर्जनशीलता अन्त्य गर्छ अफिसको तनावले

धेरै जानकारहरुको भनाइ अनुसार कामको यो तनावले हाम्रो सिर्जनशीलता, रचनात्मक क्षमता अर्थात क्रियटिभ सोचलाई अन्त्य गर्दछ । रचनात्मक सोचका लागि दिमागी शान्ति धेरै आवश्यक पर्दछ । आजको यो भागदौडपूर्ण जिन्दगीमा शान्तिकै सबैभन्दा कमी छ । कुनै पनि मानिसले एउटा समयमा एउटै मात्र काम गर्न सक्दछ । तर, कामको मार यस्तो छ कि हामी एकसाथ कयौ काममा उल्झिरहन्छन् ।

जस्तो कि तपाई कुनै काममा ध्यान लगाएर त्यो पूरा गर्ने कोशिस गरिरहनु भएको छ। तर, त्यति नै बेला कुनै इमेल आउँछ, जसको तत्काल जवाफ दिनुपर्ने हुन्छ, तब तपाईको कामबाट फोकस हट्ने गर्दछ ।

सन् २००५ मा गरिएको एउट अध्ययनका अनुसार हामी बिना कुनै बाधाको कुनै काममा ११ मिनेट मात्रै फोकस गर्न सक्दछौ । हालै गरिएको एउटा अध्ययनले स्पष्ट पारेको छ कि जुन कर्मचारी कमसेकम इमेल हेर्दछन् उनीहरु तनावको शिकार पनि त्यति नै कम हुन्छन् र उनीहरुको आफ्नो काममा ध्यान बढी हुन्छ । केही जानकारहरु यस्ता पनि छन् कि यसप्रकारको जीवनका केही तकारात्मक पाटो अवश्य छ, तर यो नेगेटिभिटीमा पोजिटिव कुरा पनि लुकेको छ।

सन् १९९९ मा भएको एउटा अध्ययनका अनुसार जो मानिस बढी तनावको माहोलमा रहन्छ, उसमा चुनौतिलाई स्वीकार गर्ने क्षमता बढ्दछ । साथै उन बढी रचनात्मक तरिकाले सोच्न लाग्दछ । तनावको एउटा सकारात्मक पाटो यो पनि छ कि चुनौतिलाई पूरा गरेपछि जुन खुसी महशुस हुन्छ त्यो बयान गर्न मुश्किल छ ।

के तनाव लिन तयार छन् मानिस ?

धेरै सर्भेले स्पष्ट पारेको छ कि मानिस अहिले यसप्रकारको तनाव लिनका लागि तयार छन् । नौजवानहरुमा चुनौति स्वीकार गर्ने क्षमता बढी हुन्छ, बेलायतमा दसमध्ये आठ कर्मचारी आफ्नो कामबाट सन्तुष्ट छन् ।

पुरा युरोपमा ७४ प्रतिशत मानिस आफ्नो कामबाट खुस छन् । अमेरिकामा यो आँकडा ८८ प्रतिशत छ । लामो समयदेखि यो आँकडा या त यसै बनेको छ या यसमा पूगति भएको छ, तर कमी कहिल्यै आएको छैन ।

बदलिदो आर्थिक माहौलले कामको रुपलाई पनि परिवर्तन गरेको छ । अहिलेसम्म जुन काम हातले हुन्थ्यो अब त्यस्तो स्थान मेशिनले लिएको छ । मेशिनहरुको माध्यमबाट त्यो काम अब सहज भएको छ र खतरा कम भएको छ। कार्यस्थलमा घाइते हुने मजदुरहरुको संख्यामा निकै कमी आएको छ।

यद्यपि धेरै मानिसको भनाइ अनुसार मेशिनहरु आएपछि रोजगारी कम हुनेछ । तर, उनीहरु यो पनि भूलिरहेका छन् कि नयाँ प्रविधिका साथ रोजगारका अवसर पनि बढ्नेछ । समय बच्नेछ तब अर्को कामका लागि त्यसको प्रयोग गर्न सकिने छ।

राहतका लागि के गर्ने ?

यसमा कुनै शंका छैन कि आजको व्यस्त जीवनले तनाव दिन्छ । तर यदि तपाई चाहनु हुन्छ भने ससाना कुरामा ध्यान दिएर स्वयमलाई यो तनावबाट टाढा राख्न सक्नुहुनेछ ।

–केही समयका लागि इमेल नोटिफिकेसन बन्द गरिदिनुस ।

–आफ्नो कार्यस्थलबाट केही मिनेटका लागि उठेर बाहिरको खुला हावामा टहल्नुस ।

–कार्यालयको कुरालाई मनमा नलागाएर मात्र आफ्नो काममा ध्यान केन्द्रित गरेर आफ्नो कार्यालय, काम र व्यस्त जिन्दगीको मजा लिनुस् ।
रॉबर्ट कोलवाइल, बीबीसी कैपिटल

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..