जब छोरीको वास्तविकता थाहा भयो, आमाका आँसु थामिएनन्

यो घटना अमेरिकामा बस्ने एक सिंगल मदरको हो। जो आफ्ना दुई छोरीसँग बस्छिन्। एउटी बिमारी छोरीको रेखदेखसँगै घरको खर्च चलाउने जिम्मेवारी पनि उनै काँध छ। यहीबीचका एक दुर्घटनामा उनलाई गाडीमा ठक्कर दियो र उनी हिँड्न सक्ने अवस्थामा रहिनन्।

घर चलाउनै समस्या भएपछि उनकी छोरीले इन्टरनेटमा एक अपरिचित व्यक्तिलाई पत्र लेखिन्। ती अपरिचित व्यक्तिले उनीहरुलाई सहयोग गर्ने विचार गरेर एउटा कार उपहार दिए।

यो घटना अमेरिकाको फिलाडेल्फियाको हो। जहाँ, क्याथरिन आफ्ना दुई छोरी माइया र मरियाहसँग बस्टिन्। उनको जीवन त्यति सजिलो थिएन। किनभने उनको जिम्मेवारीमा घर र दुई छोरी थिए।

उनकी छोरी मरियाह अन्धोपनको बिरामीसँग जुधिरहेकी छन्। क्याथरिनले २४ सै घण्टा छोरीको हेरविचार गर्नुपर्छ। घरको खर्च चलाउन अफिस र घरको काम पनि गर्नुपर्छ।

आफ्नो भागदौडपूर्ण जीवनकाबीच क्याथरिनले एक दिन छोरी मरियाहलाई डाक्टरकहाँ लिएर जाँदै थिइन्। र उनी पनि दुर्घटनामा परिन्। दुर्घटनामा उनको कारमा क्षति पुग्यो। कार बनाउने पैसा उनीसँग थिएन। जसका कारण उन न छोरी लिएर अस्पताल जन सकिन न घरको खर्च नै राम्रोसँग चलाउन सकिन्।

यसैबीच क्याथरिनकी अर्की छोरी माइयाले यो संकटबाट बाहिरिने नयाँ उपाय खोजिन्। उनले इन्टरनेटको सहाराले आफ्नो दुखपूर्ण एउटा पत्र लेखिन्।

माइयाले आफूले उक्त पत्र इमेलमार्फत लोकल कार डिरल डैनी अटोका संचालकलाई पठाइन्। उनले आफूसँग पैसा नभएका कारण विना पैसा कारको मर्मत गरिदिन आग्रह गरेकी थिइन्। माइयालाई पत्रको जवाफ प्राप्त भयो त्यो पनि सकारात्मक। अटो संचालकले माइयासँग मिलेर कार विना पैसा बनाएर सरप्राइज दिने योजना बनाए।

अटो डिलर डैनीले केही दिनभित्र सरप्राइज दिने योजना बनाएका थिए। त्यसको केही दिनपछि अटो डिलर संचालक क्याथरिनको घरमा पुगे र उनले क्षति भएको कार विना पैसा बनाउने जानकारी गराए। यसरी आफ्नो सानी छोरीको एउटा पत्रले उनको जीवनमा फेरि नयाँ खुशीयाली आयो। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..