१९ वर्षदेखि हजुर आमासँग बस्दै आएका थिए युवक, एक दिन प्रहरी आयो अनि ….

एजेन्सी। मिनेसोटाका २४ वर्षीय माइकल रिचर्डको जीवनमा सबै ठिकै थियो। तर, एक दिन प्रहरी उनको घरमा उपस्थित भए त्यसपछि उनको जीवन सधैंकालागि परिवर्तन भयो। माइकल १९ वर्षदेखि आफ्नी हजुर आमासँग बस्दै आएका थिए। उनी आफ्नी गर्लफ्रेण्डसँग विवाह गर्ने योजना बनाइरहेका थिए। अचानक एक दिन उनको घरमा प्रहरी पुग्यो। प्रहरीले जे कुरा माइकललाई भन्यो, माइकलले आफूले टेकेको जमिन भासिएको अनुभव गरे।

प्रहरीका अनुसार माइकल पाँच वर्षको हुँदा उनलाई उनका हजुर बुवा हजुर आमाले अपहरण गरेका थिए। प्रहरीको कुरा सुनेर माइकल छक्क परे। माइकलसँग उनका हजुर बुवा हजुर आमाले उनका बुवा आमाको निधन भएको बताएका थिए। तर उनका आमा बुवा भने जिवितै थिए।
प्रहरीका अनुसार  माइकलका हजुर बुवा हजुर आमाले उनलाई झुट बोलेर आफ्ना आमा बुवाभन्दा टाढा लगेका थिए। यो कुरा थाहा पाएपछि उनी निधै चिन्तित भए।

यो घटना त्यतिबेला सुरु भयो जतिबेला माइकलका आमा बुवाले आफ्ना छोरा र हजुर बुवा हजुर आमा गायव भएको सूचना प्रहरीलाई दिए। वर्षौंदेखि यो विषयमा प्रहरीले छानविन गरिरहेको थियो। एक दिन प्रहरीले माइकल बस्ने ठेगाना थाहा पायो। प्रहरीले माइल आफ्ना हजुर बुवा हजुर आमासँगै बस्दै आएको पनि थाहा पायो। प्रहरी जानकारी पाउनु वित्तिकै माइकल बस्दै आएको घरमा पुग्यो।

प्रहरी रिपोर्टका अनुसार जब माइकल पाँच वर्षका थिए तब उनका आमा बुवाको आर्थिक अवस्था राम्रो थिएन। उनका आमा बुवाका जागिर थिएन। उनकी आमाको मानसिक अवस्था पनि ठिक थिएन। त्यही भएर माइकललाई पाल्ने जिम्मा हजुरबुवा हजुर आमाले लिए। एक दिन माइकललाई बाहिर खाना खाने भनेर लिएका गएका उनीहरु कहिल्यै फर्किएर आएनन्।

आफ्ना छोरालाई भेट्न पाइने भयो भनेर माइकलका आमा बुवा निकै खुशी थिए। उता हजुर बुवा हजुर आमा भने आफ्नो नाति जाने भयो भनेर निकै दुखी थिए। जब प्रहरीले हजुर बुवा हजुर आमामाथि कारवाही गर्न खोज्यो तब माइकलले प्रहरीलाई रोके।  माइकलले हजुर बुवा हजुर आमाले आफ्नै भलाइकोलागि सबै काम गरेको बताएर सबैलाई भावकु बनाए।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..