नेपाल र बंगलादेशबीच खेल शुरु (लाईभ भिडियो)

काठमाडौं । भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले अहिले बलियो टोली बंगलादेशसंग प्रतिस्पर्धा गरिरहेको छ ।

थिम्पुस्थित चाङलिमिथाङ मैदानमा हुने फाइनलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३-१ ले हराएर फाइनल पुगेको हो । यस्तै बंगलादेशले भुटानलाई ४-० ले हराएर नेपालसंगको भेट पक्का गरेको हो ।

बंगलादेशविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य उपाधि हुनेछ । तर, नेपाललाई बंगलादेशविरुद्ध जित निकाल्न कठिन हुने देखिन्छ । किनकी एकै समूहमा रहेको नेपाल बंगलादेशसंग समूह चरणमा पराजित भईसकेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..