अब श्रीमतीहरुले ‘सेक्स’अघि वकिल राखेर करारनामा गर्ने दिन आउने

मिटु अभियानको आलोचकमा सामेल एक फ्रेन्च लेखिकाले महिलावादी ‘सेक्स गर्नुअघि वकिल राखेर करारमा हस्ताक्षर हुन जरुरी’ नभएसम्म चुप लागेर नबस्ने दावी गरेकी छन्।

क्याथरिन मिलेट बहुचर्चित संस्मरण द सेक्सुअल लाइफ अफ कैथरिनकी लेखिका हुन् । उनको दावीअनुसार यौन शोषणविरुद्ध सुरु भएको अभियान आवश्यकताभन्दा अगाडि गएको छ । कला समीक्षक कैथरिन उक्त विवादित खुलापत्रको पछाडि पनि छिन् जसमा फिल्म स्टार कैथरिन डेनेभुसमेत १०० बढी फ्रेन्च महिलाहरुले दस्ताखत गरेका छन् । उनीहरुको दावी छ कि हलिउडका मुगल हार्भे जाइनस्टीनसम्बन्ध स्क्यान्डल सार्वजनिक भएपछि ‘विशुद्धतावादको लहर’ चलेको छ। उनले यसको कडा निन्दा गरेकी छन् ।

यो पत्रले अन्तर्राष्ट्रियस्तरमा हंगामा मच्चाएको छ। फ्रान्स र अन्य स्थानमा नारीवादीहरुले यो पत्रमा हस्ताक्षर गर्नेहरुको जमेर आलोचना गरेका छन् । उनीहरुलाई पुरुषलाई महिलालाई सताउने र उनीहरुमाथि ‘आक्रमण’गर्नेहरुको स्वतन्त्रताको रक्षक बताइएको छ।

फ्रान्सको सरकारी रेडियोसँग कुरा गर्दै मिलेटले भनिन्–हामीहरु मुर्ख हौ । बलात्कार र यौन हिंसालाई अपराधिक मान्नुपर्छ, तर हामी सानातिना व्यवहार, अश्लिल शब्द वा अशोभनीय व्यवहारमाथि प्रतिबन्ध लगाउन सक्दैनौ । यो पागलपन हो, हामीहरु अब मायाप्रेममाथि पनि रोग लगाइरहेका छौ ।

सामाजिक सञ्जाजमा हजारौले यो पत्रको आलोचना गरेका छन् । पत्रमा यो पनि उल्लेख छ कि सार्वजनिक सवारी साधनमा यदि महिलाका साथ छेडछाड हुन्छ भने महिलाहरुले त्यसको सामना आफै गर्नुपर्छ । यसमा कुनै पुरुषलाई कुनै महिलाको छुट्टा ढोगाउने र फेरि चुम्बनको कोशिसका लागि उसलाई रोजगारी खोस्ने व्यवस्थाप्रति पनि गुनासो व्यक्त गरिएको छ ।

मिलेटका अनुसार ह्यास मीट टु सामाजिक अभियानपछि धेरै महिला डराएका छन् । यो अभियानले यस्तो माहौल बनाएको छ, जसमा हरेक कोई एकअर्काको जाँच गरिरहेका छन् । उनीहरुले यो पनि भनेका छन्कि उनीहरुको पत्रमा कयौ पीडितले पनि हस्ताक्षर गरेका छन् । यसमा सामन्था गीमर पनि छिन्, जसका साथ रोमान पोलान्स्कीले १३ वर्षको उमेरमा बलात्कार गरेका थिए ।

सामन्थाको पनि भनाइ छ कि अभियान धेरै अगाडि गयो । सामन्थाले आफू डेनेभु र उक्त पत्रमा हस्ताक्षर गर्नेहरुसँग ‘पूर्णरुपमा सहमत’ रहेको बताइन् । सामन्थाले ट्वीट गरेकी छन्–महिलाहरुलाई बराबरी, सम्मान र यौन स्वतन्त्रता आवश्यक छ। हवाई निवासी सामन्था पेसाले लेखिका हुन्। उनले भनेकी छन्–हामी यो सबै स्वयम र एकअर्काका लागि उभिएर हासिल गर्न सक्छौ । यसका लागि कसैलाई भन्नु आवश्यक छैन र न त यो तय गर्न कि महिलाहरुलाई कुन कुराको ‘अनुमति’ छ ।

सामन्था चाहन्छिन् कि पोलन्स्कीविरुद्ध आरोप हटाइयोस ताकि उनी आफ्नो जिन्दगीका साथ अघि बढ्न सकुन् । उनले यो पनि भनिन् कि मी टुको प्रयोग महिलाहरुका लागि हुनुको साटो पुरुषविरुद्ध भइरहेको छ। पीडितहरुको ताकत र सम्भाल्नुको साटो ग्ल्यामराइज भइरहेको उनको भनाइ छ।

मिलेट फ्रान्समा यौन शोषणविरुद्ध नयाँ कडा कानुनको विरुद्धमा छिन् । यसको साटो उनको भनाइ छ कि सबै महिलाहरुले त्यस्ता पुरुषविरुद्ध चिच्याउनु जरुरीछ, जो पेरिसको मेट्रोमा महिलालाई छुने कोशिस गर्दछन्, मिलेटले भनिन्–जब म जवान थिएँ, त्यतिबेला मेरासाथ पनि भयो । अब त मेरो त्यति उमेर पनि रहेन, तर म त्यस्तो गर्नेविरुद्ध चिच्याउनेछु र अर्को मिनेट नबित्दै म भूल्नेछु ।

मिलेटले भनिन्–नारीवादीहरुले महिलालाई शक्तिशाली बनाउने कोशिस गर्नुपर्दछ । स्वयम आफूलाई जीवनभर चोट नपुराउनुस, यो तपाईको गल्ती होइन । एएफपी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..