प्रेमिकाको मृत्युपछि हिंस्रक गधाको अर्की गधी खोजेर विवाह

भारतको कर्नाटकमा सुन्दै अपत्यारिलो विवाह समारोह सम्पन्न भएको छ। गाउँलेले गधा र गधीको विवाह गरिदिएका छन् । विवाह धुमधामका साथ सम्पन्न गरिएको छ।

कर्नाटकको एक गाउँमा आफ्नी प्रेमिकाको मृत्यु भएपछि गधा हिंस्रक बनेको थियो। गधाले जो भेटियो त्यही मानिसलाई आक्रमण गर्न थालेपछि गाउँलेहरुले ऊ प्रेमिकाको वियोगमा हिंस्रक बनेको ठानी अर्की गधी खोजेर विवाह गरिदिएका छन्। गधी खोज्ने क्रममा गधीका मालिकले गाउँलेको कुरा सुनेपछि निशुल्क दिएका थिए।

गाउँलेहरुले गधाको विवाहको लागि सबैसंगबाट चन्दा उठाएका थिए। संकलन भएको चन्दा रकमबाट उनीहरुले मण्डप सजाए, बेहुला गधा र बेहुली गधीको लागि पोशाक ल्याए। पण्डितले पाठ गरेर नै भव्यताका साथ विवाह सम्पन्न भयो। गधाले गधीलाई मंगलसुत्र समेत लगाइदिएको बताइएको छ। विवाह समापन भएपछि भोज स्वरुप सबै गाउँलेलाई मिठाइ बाँडीएको थियो। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..