आमाको हत्या गर्ने छोराको सनसनी पूर्ण खुलासा

मुम्वईमा एक फेशन डिजाइनर सुनीता सिंहको हत्या आरोपमा पक्राउ परेका उनका छोरा लक्ष्यले सबैलाई चकित पार्ने खुलासा गरेका छन्। मोडल लक्ष्यले प्रहरीसमक्ष आफूले जानी जानी आमाको हत्या नगरेको बयान दिएका छन्। उनले आफूले बुवाको आत्मा आमासँग मिलाउन चाहेको बयान दिएका छन्। चार अक्टोबरमा सुनीताको हत्या भएको थियो। ४९ वर्षीया सुनीता फेशन डिजाइनर थिइन्। त्यसअघि उनी ड्रग्सको लतमा परेकी थिइन्।

लक्ष्य उक्त दिन दिउँसो तीन बजे आफ्ना साथी निखिल र गर्लफ्रेण्ड ऐशप्रिया बनर्जीसँग आफ्नो फ्लाटमा पुगेका थिए। प्रहरीका अनुसार उनकी गर्लफ्रेण्ड पनि लागु औषधको कुलतमा थिइन्। आमासँग कुनै विषयमा विवाद भएपछि उनले आमालाई बाथरुममा बन्द गरिदिएर त्यहाँबाट हिँडेका थिए। ओशीवारा प्रहरी चौकीबाट खटिएका प्रहरीलाई लक्ष्य दिएको बयानमा आमालाई बन्द गरेर उनी एक पण्डितसँग भेट गर्न गएका थिए। पण्डितको सहयोगमा आमाभित्र रहेको बुवाको आत्मालाई बाहिर निकाल्ने उनको योजना थियो।

पोस्टमार्टम रिपोर्टका अनुसार सुनीताको अनुहार र गर्धनमा किनै गहिरो चोट लागेको थियो, त्यही कारण उनको निधन भएको बताइएको छ। प्रहरीका अनुसार लक्ष्यले आमालाई बाथरुममा बन्द गर्ने क्रममा धेरै पिटेका थिए। लक्ष्य जब राति आठ बजे घर आए तब उनले आमालाई बाथरुममा बोहोस अवस्थामा फेला पारे। त्यसपछि लक्ष्यले डराउँदै आफ्ना साथीलाई फोन गरे र सबै कुरा बताए।

ती साथीले प्रहरीलाई खबर गर्न लक्ष्यलाई सुझाव दिए। लक्ष्यले तत्काल आमालाई अस्पताल लैजान भन्दै एम्बुलेन्स बोलाए, त्यतिबेलासम्म उनकी आमाको निधन भइसकेको थियो। कुनै बेला ग्यामल जगतकी चर्चित हस्ती रहेकी फेशन डिजाइनर सुनीता सिंहको हत्याबाट पानीपतका मानिस निकै दुखी भएका छन्। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..