चर्चित अभिनेत्रीले भनिन्–‘मेरो कपडाभित्र हात हाल्न खोज्दै थिए, मैले रोकेपछि हस्तमैथुन गर्न थाले’

कंगना रनोटको चर्चित फिल्म क्वीनका निर्माता विकास बहल यौनशोषणको मुद्दामा फसेका छन् । उनको प्रोडक्सन हाउस ‘फ्यान्टम फिल्मस’मा काम गर्ने एक महिला कर्मचारीले विकासमाथि यौनशोषणको आरोप लगाएकी हुन् । ‘हाफपोस्ट’को रिपोर्ट अनुसार ती महिलाले फिल्म ‘बम्बे भेल्वेट’को सुटिङका बेला २०१५ मा विकासले आफूमाथि यौन दुव्र्यवहार गरेको बताएकी हुन् । महिलाका अनुसार उक दिन विकास उनलाई छोड्न उनको होटल गएको थिए । जहाँ विकासले आफूलाई रक्सी लागेको बहानामा त्यहीँ बसेका थिए । महिलाको आरोप छ कि यस बीचमा विकासले अश्लील क्रियाकलाप गरे र उनकै अगाडि हस्तमैथुन गरे ।

महिलाका अनुसार ‘५ मे २०१५ मा २०१५ मा विकासले मलाई होटलसम्म छोडिदिने प्रस्ताव गरे । विकास मेरा बोस अनुराग कश्यपका पार्टनर थिए त्यसैले मलाई कुनै चिन्ता थिएन । जब हामी कोठामा पुग्यौं म सिधै बाथरुम गएँ । त्यहाँबाट फर्किंदा विकास मेरो बेडमा सुलेका थिए । मैले उनलाई बाहिर जान भने तर उनले यस्तो अभिनय गरिरहेका थिए कि उनी नशाको कारण बाहिर जान सक्दैनन् । त्यसपछि मैले केही हिम्मत जुटाएँ । बेडको बीचमा दुई सिरानी राखेर डिभाइडर बनाएँ र अर्कोतर्फ सुतें । केही बेरपछि विकासले आफ्नो हात मेरो कपडाभित्र हाल्न खोजे । मैले कैयौं पटक उनको हात हटाएँ । त्यसपछि उनले आफ्नो पाइन्ट खोले र हस्तमैथुन गर्न लागे ।’

महिलाले अगाडि भनिन् ‘यो घटनापछि म निकै डराएकी थिएँ । त्यसपछि विकासले अफिसमा पनि यस्ता अश्लील क्रियाकलाप गरे । अन्ततः हिम्मत गरेर मैले अनुराग कश्यपलाई सबै कुरा बताउने निर्णय गरें । अनुरागलाई यो सबै भनेपछि उनले भने – म अहिले केही सुन्न चाहन् तर निकै छिटो यो समस्याको समाधान निकाल्छु । तर, त्यसपछि पनि केही भएन । ममाथि शोषण तबसम्म भयो जबसम्म मैले कम्पनी नै छोडिन ।’ उनले यो विषयमा अनुराग कश्यपसहित अन्य सहकर्मीसँग पनि गुनासो गरेकी थिइन् । अन्त्यमा आजित भएर उनले २०१७ मा कम्पनी नै छोडिन् ।

हफिंगटन पोस्टका अनुसार यस विषयमा लामो समयपछि अनुराग कश्यपले प्रतिक्रिया दिएका छन् । अनुरागले भने ‘जे भयो त्यो गलत थियो । हामीले यो विषयलाई ठिकसँग समाधान गर्न सकेनौं । यस विषयमा मैले आफूलाई भन्दा अरु कसैलाई दोष दिन सक्दिन । तर, अब यो विषयमा म न्यायको पक्षमा छु । मलाई ती महिलामाथि विश्वास छ । विकासले जे गरे त्यो निकै डरलाग्दो छ । यस विषयमा जे गर्न सक्छु त्यो गर्छु ।’ फेन्टम फिल्मसमा पार्टनर रहेका बिक्रमादित्य मोटवानीले पनि यस विषयमा बोलेका छन् ।

उनले भने ‘विकास र ती युवतीको बीचमा २०१५ मा यो घटना भएको त्यतिबेला मलाई थाहा थिएन । २०१७ मा अनुरागले फोन गरेर बताएपछि मात्र मैले यसबारे थाहा पाएको हो । मधु, म र अनुरागले ती युवतीसँग भेटेपछि उनले सबै कुरा बताइन् । यो डरलाग्दो घटना थियो । हामीले यस विषयमा तत्कालै एक्शन लियौं र विकासलाई कम्पनीबाट निकालिदियौं । यसका अलावा हामीले विकासलाई पुनस्र्थापना केन्द्र पनि पठाएका थियौं ।’

फ्यान्टम फिल्मसलाई ‘क्वीन’, ‘मसान’, ‘उडता पंजाब’, ‘बम्बे भेल्वेट’ जस्ता चर्चित फिल्मको निर्माण गर्ने कम्पनीको रुपमा चिनिन्छ । यो प्रोडक्शन हाउसलाई अनुराग कश्यप, बिक्रमादित्य मोटवानी, विकास बहल र मधु मंतेनाले मिलेर स्थापना गरेका थिए । तर, अहिले भने कम्पनी बन्द भइसकेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..