अनलाइनमा गर्लफ्रेण्ड बेच्ने विज्ञापन, लेखे ‘सेकेण्डह्याण्ड हो’, दाउ उल्टो परेपछि…

अनलाइनमा गर्लफ्रेण्ड बेच्ने विज्ञापन, लेखे ‘सेकेण्डह्याण्ड हो’, दाउ उल्टो परेपछि... 1

एजेन्सी। इङल्याण्डको ससेक्समा बस्ने एक व्यक्तिले आफ्नी गर्लफ्रेण्डसँग मजाक गर्दै उनैलाई बेच्ने एउटा विज्ञापन अनलाइनमा राखे । उनले यो विज्ञापन मजाकमै राखेका थिए । उनले विज्ञापनमा गर्लफ्रेण्डलाई ‘प्रयोग गरिसकेको सेकेण्डह्याण्ड’ भेका थिए । उनलाई लागेको थियो कि यस विषयमा मानिसहरुले खासै चासो दिने छैनन् । तर उनको सोचाइको ठिक विपरित भयो । विज्ञापन देखेपछि मानिसहरुले यो विज्ञापनमा यतिसम्म चासो दिए कि ती व्यक्तिलाई नै आपत पर्यो ।

अनलाइनमा गर्लफ्रेण्ड बेच्ने विज्ञापन, लेखे ‘सेकेण्डह्याण्ड हो’, दाउ उल्टो परेपछि... 2

ससेक्सको कोल्चेस्टर शहरमा बस्ने डेल लिक्स एउटा नर्सरी कम्पनी चलाउँछन् । हालै उनले गर्लफ्रेण्ड केली ग्रिव्ससँग मजाक गर्दै उनलाई बेच्न अनलाइनमा विज्ञापन दिए । उनले विज्ञापनमा गर्लफ्रेण्डको बडी स्ट्रक्चर राम्रो भएको तर प्रयोग गरिसकेको सेकेण्डह्याण्ड भएको उल्लेख गरेका थिए । विज्ञापनमा उनले गर्लफ्रेण्डको फोटो पनि पोस्ट गरेका थिए । उननले यो सबै गर्लफ्रेण्डसँग मजाकमा गरेका थिए । उनी गर्लफ्रेण्डलाई देखाउन चाहन्थे कि उनले जति मूल्य उनकी गर्लफ्रेण्डलाई अरु कसैले दिन सक्दैन । तर उनको यो बाजी उल्टो भयो जब गर्लफ्रेण्डको लागि लाखौंको मूल्य दिन मानिसहरु तयार भए ।

उनको यो विज्ञापनलाई संसारभरबाट राम्रो रेस्पोन्स गरियो । २४ घण्टामै यो विज्ञापन ८१ हजारले हेरे । १ सय भन्दा धेरैले उनकी गर्लफ्रेण्डको लागि लिलामीमा बोली पनि लगाए । यसरी मूल्य दिन तयार हुनेमध्ये एकले त ७० हजार २ सय पाउण्ड (नेपाली एक करोडभन्दा बढी) मूल्य दिने बताए । त्यसपछि भने अति नै भयो । डेललाई सहिनसक्नु भएपछि उनले केलीलाई यसबारे बताए । डेलले डराउँदै बताएका थिए तर केलीले यो कुरालाई सामान्य लिइन् । तर २४ घण्टामै बिक्री गर्ने कम्पनी इबेले यो विज्ञापन हटाइदियो । किनकि इबेको नियमअनुसार यहाँ मानव अंग बिक्री गर्न पाइन्न ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..