केएल टावरको दशैं तिहार उपहार योजना, बम्पर प्राइज मोटर साइकल

चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले विजय दशमी तथा दिपावलीको अवसर पारेर असोज १९ गतेदेखि रमाईलोदशैं तिहार उपहार योजना संचालनमा ल्याएको छ । यस योजनामा ग्राहकले प्रत्येक दिन हात खाली नजाने उपहार पाउने छन् ।

हरेक दिन उपहार जित्न सकिने योजनाको बम्पर उपहारमा टिभिएसको अपाची आरटीआर मोटरसाइकल, जुपिटरको स्कुटर लगायतका उपहार राखिएका छन् । दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, स्मार्टफोनलगायत छन् भने साप्ताहिक रूपमा मलले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, फ्रिजलगायतका घरायसी सामान उपलब्ध गराउने टावर व्यवस्थापनले जनाएको छ ।

यसका साथै साप्ताहिक उपहारमा टाइमेक्स घडी तथा ५ हजार रुपैयाँ बराबरको सपिङ भौचर पनि ग्राहकले पाउने छन् ।

उपहार जित्नका लागि के एल टावरमा रहेका आउटलेटमा कम्तीमा एक हजार रुपैयाँको सामान खरिद गर्दा ग्राहकले कुपन प्राप्त गर्ने छन् । उक्त कुपनका आधारमा दैनिक तथा साप्ताहिक लक्की ड्र गरी उपहार वितरण गरिने टावरले जनाएको छ ।

५० वटा पसल, मिनी शौ, लाउञ्ज, कफिबार, तीनवटा सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, मोबाईल हबलगायतका दैनिक प्रयोगमा आउने सबै प्रकारका सामान खरिदमा ग्राहकले एक हजार रुपैयाँ बराबरको कुपन प्राप्त गर्नेछन् । सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिनेछ ।

असोज १९ गतेदेखि सुरु भएको योजना कात्तिक ३० गतेसम्म संचालन हुने छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..