तनुश्री दत्तामाथि नाना पाटेकरको पलटवार, यौन दुर्व्यवहारबारे यस्तो दिए प्रतिक्रिया

भारतीय चलचित्र अभिनेत्री  तनुश्री दत्ताको आरोपका बारेमा अभिनेता नाना पाटेकरले मुम्बईमा सोमबार पत्रकार सम्मेलन गरेर पुरानै अडान दोहोराएका छन् । पत्रकार सम्मेलन गरे पनि उनले आफ्नो बारेमा सफाई भने दिएनन् ।
पत्रकार सम्मेलनमा नाना पाटेकरले भने–मेरा वकिलले यस विषयमा केही पनि नबोल्न भनेका छन् । त्यसैले म अहिले नै केही भन्दिनँ ।
नाना पाटेकरले यो पनि भने कि उनले दश वर्ष पहिला नै यस विषयमा आफ्नो कुरा भनिसकेका छन् कि आरोप गलत हो । उनले भने–आज जे सत्य त, त्यो भोलि पनि सत्य रहनेछ, र दश वर्षपछि पनि सत्य नै रहनेछ ।
यद्यपि केही संचार माध्यमका प्रतिनिधिहरुले नाना पाटेकरलाई आफ्नो पक्षमा सफाई दिन निकै जोड गरे । तर उनले केही पनि बोलेनन् ।
संचारकर्मीहरुले उनको पिछा पनि गरे । तर नाना पाटेकर भनिरहे कि जब सबै कुरा स्पष्ट हुनेछ तब म आफ्नो कुरा राख्नेछु ।
चलचित्र ‘आशिक बनाया आफ्ना’बाट चर्चित बनेकी तनुश्री दत्ताका अनुसार, ‘हर्न ओके प्लिज’ चलचित्रका क्रममा नाना पाटेकरले उनीमाथि यौन दुर्व्यवहार गरेका थिए ।
तनुश्री दत्ता अहिले अमेरिकामा बसोबास गरिरहेकी छन् । अहिले उनी भारत आएकी छन् । यद्यपि उनी लामो समयदेखि चलचित्र जगतबाट टाढा छिन् । तनुश्री हर्न ओके प्लिज चलचित्र सन् २००९ मा रिलिज भएको थियो । बीबीसी

 

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..