सोह्र श्राद्धमा पीडित पतीले गरे जिउँदै पत्नीलाई पिण्डदान, यस्तो छ कारण

भारतको महाराष्ट्रमा श्रीमति पीडित पुरुषहरुले आफ्ना जिउँदै पत्नीलाई पिण्डदान गरेका छन्। हिजो आईतबार गरिएको यो पिण्डदानको उद्देश्य समाजमा श्रीमती पीडित भएको बारेमा सार्बजनिक गर्नु रहेका खुलासा गरेका छन्।

पिण्डदानका क्रममा पण्डितले मन्त्र उच्चारण गरेका छन् भने ति पुरुषहरुले पूजा आजा गरी पिण्ड गोदावरी खोलामा लगेर सेलाएका छन्। यस्तो पिण्डदान गर्नेमा १०० भन्दा बढि पुरुषहरु रहेका छन्।

उनीहरुले पुरुष आयोग गठन गर्न माग पनि गरेका छन्। उनीहरुका अनुसार पिण्डदान कार्यक्रम पति पत्नीको सम्बन्ध तोडिएको जानकारी दिन गरिएको हो। हिन्दूधर्ममा दिवंगत आत्मालाई पिण्डदान गर्ने परम्परा रहेको छ। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..