सोनाम कपुरले कंगनाको कुरामा विश्वास गर्न नसकिने बताएपछि कंगनाको यस्तो जवाफ

‘मी टु’ अभियान अन्तर्गत यतिबेला हलिवुड तथा बलिवुडक अभिनेत्रीहरुले आफूमाथी भएका यौन हिँसाका घटना बाहिर ल्याइरहेका छन् । ‘फ्यान्टम’ चलचित्रकी एक महिला कर्मचारीले विकास बहलमाथि आरोप लगाए लगतै कंगनाले उनको समर्थनमा चलचित्र ‘क्विन’का निर्देशक विकास बहलले आफूलाई पनि यौन हिंसा गरेको आरोप कंगनाले लगाएकी छिन्।

कंगानाको यो आरोप पछि अभिनेत्री सोनाम कपुरले कंगनाले जे पनि बोल्ने हुनाले उनको कुरामा विश्वास गर्न नहुने प्रतिक्रिया दिएकी छिन्। सोनामको प्रतिक्रिया पछि कंगनाले आफ्नो भनाइको मूल्यांकन गर्नको लागि सोनाम कोही पनि नभएको जवाफ दिएकी छिन्।

कंगनाले भनेकी छिन्- ‘सन् २०१४ मा ‘क्विन’ चलचित्रको छायांकन गर्ने क्रममा विकास मेरो नजिक आउंथे । उनले आफ्नो मुख मेरो गर्धन नजिकै ल्याएर मलाई आफूतिर तान्थे। उनले मलाई ‘तिम्रो कपालको बासना खुबै मनपर्छ’ भन्थे।’

कंगनाले आफूले विकासलाई हटाउनका लागि निकै मिहिनेत गर्नुपरेको समेत खुलाएकी छिन् । विकासले आफूसँग हरेक दिन नयाँ यूवतीसँग यौन सम्बन्ध राख्ने गरेको बताउने गरेको समेत कंगनाले खुलासा गरेकी छिन्। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..