किरण लिम्बुको तिमी बिना (भिडियोसहित)

गीतकार किरण टी लिम्बु ‘तिमी बिना‘’ भन्दै स्रोतारदर्शकमाझ आएका छन् । उनको भावनाको फूलहरु(२ एल्बममा रहेको गीतको भिडियोमा उनी यसो भन्दै आएका हुन् । रेवत राई र दीपा लामाको स्वर रहेको गीतमा ताराप्रकाश लिम्बुको सङ्गीत रहेको छ ।

जनमजय साङपाङ राई र प्रिया लिम्बुलाई फिचरिङ गरिएको गीतको भिडियोलाई भुपेन्द्र तुम्बाहाम्फेले छायाँकन गरेका छन् भने विकास धमलाले सम्पादन गरेका हुन् । सुमधुर गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।

गीत लेखनमा आफूलाई अब्बलरुपमा प्रस्तुत गर्दै आएका किरणले आफ्ना अन्य गीतले जस्तै यो गीतले पनि स्रोतारदर्शकको माया पाउँनेमा आफू आशावादी रहेको बताए । किरण टी लिम्बुका केही चलचित्रमा पनि गीत रहेका छन् भने उनको यो छैटौ भिडियो हो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..