ढोका बन्द गर्न प्रयोग गर्थे १० किलोको ढुंगा, जसको मूल्य करोडभन्दा धेरै परेपछि…

अमेरिकाको मिशिगनमा बस्ने एक व्यक्तिले एउटा १० किलोको ढुंगालाई ढोका बन्द गर्न प्रयोग गर्थे । उनले विगत ३० वर्षदेखि त्यो ढुंगाले भित्रपट्टिबाट अड्काएर ढोका बन्द गरिरहेका थिए । अहिले त्यो ढुंगाको वास्तविकता खुलेको छ । त्यो साधारण ढुंगा नभइ एउटा उल्कापिण्ड भएको खुलेपछि अहिले त्यसको मूल्य १ लाख डलर (झण्डै १ करोड १८ लाख नेपाली रुपैयाँ) अनुमान गरिएको छ ।

ती व्यक्तिले यो ढुंगा उपहारको रुपमा पाएका थिए । उनले १९८८ मा आफ्नो सम्पत्ति बेचेपछि यो ढुंगा उपहार पाएका थिए । ती व्यक्तिलाई यो ढुंगा उपहार दिने व्यक्तिका अनुसार यो ढुंगा उनले सन् १९३० मा खेतमा भेटेका थिए । त्यतिबेला यो ढुंगा तातो थियो । अहिले यो ढुंगा राखिरहेका व्यक्तिका अनुसार यसको आकार ठिकठाक लागेपछि उनले यसलाई ढोका अड्याउन प्रयोग गरिरहेका थिए । हालै उनको दिमागमा विचार आएको थियो कि यसको मूल्य कति पर्ने रहेछ भनेर पत्ता लगाउने ।

ढुंगाको वास्तविकताबाट अन्जान व्यक्तिले त्यसलाई मिशिगत युनिभर्सिटी लिएर गए । त्यहाँ जियोलोजीकी पेफेसर मोनालिसा सर्वेस्कु यसको आकार देखेर छक्क परिन् । उनले यो ढुंगाको एक्सरे र फ्लोरोसेन्स परीक्षण गराइन् । जाँचमा पत्ता लाग्यो कि यो ढुंगामा ८८ प्रतिशत फला १२ प्रतिशत निकेल र केही मात्रामा इरिडियम, ग्यालियम र सुन पनि थियो । यसलाई वाशिङटनको स्मिथसोनियन युनिभर्सिटी पठाइयो जहाँ यो उल्कापिंड भएको पुष्टि भयो । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..