एक निर्मात्रीले भनिन्–संस्कारी अभिनेताले मलाई यसरी बलात्कार गरे

भारतमा यौन शोषणको मामिला सार्वजनिक हुने क्रम जारी छ । लामो समयअघि पैसा र कामका लागि यौन शोषणको शिकार बनेकाहरुले अहिले आएर घटना सार्वजनिक गरिरहेका हुन् । भारतीय चलचित्र उद्योगमा पनि केही यस्तै नामहरु चर्चामा छन् । यसअघि नाना पाटेकरमाथि तनुश्री दत्ताले यौन दर्व्यवहारको आरोप लगाएकी थिइन् भने पछिल्लो समय चर्चित चरित्र अभिनेता आलोक नाथमाथि पनि यस्तै आरोप लागेको छ।

उनीमाथि जुन महिला निर्माताले लम्बाचौंडा फेसबुक पोष्टमा यौन शोषणको आरोप लगाएकी छन्, उनको आरोप छ कि उनी आलोकनाथकी श्रीमतीकी साथी हुन् । यद्यपि पीडितले आफ्नो पोष्टमा स्पष्टसँग आलोकनाथको नाम लिएकी छैनन्। बरु, ‘संस्कारी’ ‘मुख्य अभिनेता’ जस्ता विशेषणबाट सम्बोधन गरेकी छन् । पछि समाचार एजेन्सी आईएएनएसले आलोकनाथको नाम पुष्टि गरेको छ ।

पीडित भनिएकी विनिता नन्दाले ९० को दशकमा चर्चित शो ‘तारा’ को निर्माण र लेखन कार्य गरेकी थिइन् । उनले पोस्टमा जुन अतित उल्लेख गरेकी छन्, त्यसले सबैलाई विचलित बनाउने खालको छ। तर, आरोपका बारेमा आलोकनाथले भारतीय संचार माध्यमसँग भनेका छन्–म चुप लागेर बस्ने छैन, उनलाई आफ्नो विचार व्यक्त गर्ने अधिकार छ। समय आएपछि सही कुरा सबैका सामु छर्लङ्ग हुने नै छ ।

विनिताले फेसबुक पोष्टमा लेखेकी छन्–मैले यो पलको प्रतिक्षा १९ वर्षदेखि गरेँ । उ (आलोकनाथ) चलचित्र र टेलिभिजन उद्योगमा सबैभन्दा ‘संस्कारी’ व्यक्ति मानिन्थे । उनी एउटा जड्याहा, लापरबाह र खराब व्यक्ति थिए, तर उ त्यस दशकका टेलिभिजन स्टार पनि थिए । त्यसैले उनको खराब व्यवहारलाई माफ मात्र गरिन्नथ्यो, मानिसहरु उनलाई अझ खराब बन्न उक्साउने गर्दथे ।

नन्दाले लेखेकी छन्–उनले शोकी मुख्य अभिनेत्रीलाई पनि तनाव दिए, जो उनीप्रति कुनै चासो राख्दैन थिइन् । एकपटक म आलोकनाथको घरमा भएको पार्टीमा सहभागी भइन् र राति दुई बजे घर जानका लागि निस्किइन् । मदिरामा केही मिसाइएको थियो । म घर जानका लागि खाली सडकमा पैदल नै हिँड्न थालेँ । गाडीमा त्यो व्यक्तिले गाडी रोक्यो, जो स्वयम गाडी चलाइरहेको थियो र भन्यो कि म उनसको गाडीमा बसौ, मलाई घर छोडिदिनेछ । म उसलाई विश्वास गरेर गाडीमा बसेँ ।

नन्दाले लेखेकी छन्–त्यसपछि मलाई बेहोसीजस्तो महशुस हुन थाल्यो। मलाई हल्का याद छ । मलाई याद छ कि मेरो मुखमा अरु बढी मदिरा हालियो र मेरा साथ धेरै सिंसा भयो । भोलिपल्ट अपरान्ह म उठेँ, तब निकै पीडा भइरहेको थियो। मेरा साथ दुष्कर्म मात्र भएको थिएन बरु मलाई मेरो घरमा लगेर मेरासाथ नृशंस व्यवहार गरिएको थियो ।

उनले लेखेकी छन्–म आफ्नो ओछ्यानबाट उठ्न सकिनँ । मैले आफ्ना केही साथीहरुलाई यसबारेमा बताएँ तर सबैले मलाई घटनालाई भुलेर अघि बढ्न सल्लाह दिए । पछि एउटा नयाँ सिरिजका क्रममा आलोकनाथसँग फेरी सामना भयो । उनले फेरी तनाव दिन थाले । नन्दाका अनुसार उनले निर्माताहरुसँग भनिन् कि उनलाई निर्देशन गर्न सक्ने छैनन् । तैपनि उनले शो लेख्न जारी राखिन् ।

नन्दाले लेखेकीछन्–नयाँ सिरिजमा काम गर्ने क्रममा फेरि अभिनेताले उनलाई आफ्नो घर बोलाए र फेरि त्यो सबै झेल्न उनी उनको घरमा गइन् । किनभने उनलाई काम र पैसा आवश्यक थियो।

यता आलोकनाथले भने–आजको समयमा यदि कुनै महिला कुनै पुरुषमाथि आरोप लगाउँछन् भने पुरुषले यस विषयमा केही भन्नुको अर्थ रहँदैन ।

उनले भने–म नन्दालाई राम्रोसँग चिन्दछु । म चुप लागेर बस्ने छैन । उनलाई आफ्नो विचार राख्ने अधिकार छ, समय आएपछि सही कुरा सार्वजनिक हुने नै छ।

यो घटनामा आलोकनाथ समस्यामा पर्न सक्ने अनुमान गरिएको छ। सीआईएनटीएए मुम्बईमा एउटा बैठक बोलाइएको छ । स्रोतहरुका अनुसार आलोकनाथमाथि लागेको आरोपको सिलसिलामा उनलाई सूचना पनि पठाउन सकिनेछ । आलोकनाथ टेलिभिजनका साथसाथै चलचित्रमा नकारात्मक चरित्रमा भूमिका निर्वाह गरिसकेका छन् । मिटु का मामिला जुन रुपमा मनोरञ्जन जगतमा बलियो भइरहेको छ, आलोकनाथले पनि समस्या झेल्नुपर्ने हुन सक्छ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..