नातागोताले खान्छन् जागिर: ३१ जोडी श्रीमन-श्रीमती

काठमाडौ । सीटीईभीटीमा करिब १४ प्रतिशत कर्मचारी नातागोताका छन् । हाल कार्यरत ९ सय ३२ कर्मचारीमध्ये १ सय ३० भन्दा बढी पारिवारीक सदस्य त छन् नै, श्रीमान श्रीमतीसमेत ३१ जोडी छन् । यसमा निर्देशक तहका कर्मचारी समेत पर्छन् ।

पूर्वसदस्य सचिव रामहरी लामिछानेकी श्रीमती संगीता अहिले पनि सीटीईभीटीमै जागिरे छिन् ।

रामहरी भने सदस्यसचिवबाट राजीनामा दिएर कोलम्बो प्लान स्टाफ कलेज (सीपीएससी) फिलिपिन्सको महानिर्देशक पदमा छन् ।

सीटीईभीटीमा जागिर खाने आफन्त

श्रीमान-श्रीमती ३१ जोडी

दाजु-भाइ २४ जना

बाबु-छोरा ८ जना

साढु दाइ-भाइ ८ जना

ज्वाइँ-जेठान ४ जना

दिदी-भाइ ४ जना

भान्जा-भान्जी ४ जना

बहिनी-ज्वाइँ ४ जना

भतिनी-ज्वाइँ २ जना

काका-भतिज २ जना

विद्यार्थी नेताका श्रीमती ३ जना

अख्तियार अधिकृतकी श्रीमती १ जना

कान्तिपुरमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..